कृषि विकास बैंकका ग्राहकले कर्जाको हर्जाना व्याजमा शतप्रतिशतसम्म छुट पाउने
Wednesday Jun 23, 2021
वि.सं.२०७८ असार ९ बुधवार २२:१९

काठमाडौं । कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकले हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुट पाउने भएका छन् ।
हाल कोभिड–१९का कारणले उत्पन्न विषम् परिस्थितिलाईमध्ये नजर गरी बैंकले विशेष छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।
उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन आम कर्जाग्राहक महानुभावलाई बैंकले अनुरोध गर्दै आफुले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा २०७८ असार मसान्त भित्र यथाशिघ्र सम्पर्क गरी अवसरको सदुपयोग गर्न बैंकले अनुरोध गरेको छ ।























