CG Electronics
IME Life
NIMB

बैंकिङ क्षेत्रमा कर्जाको उच्च माग,निक्षेप भने निरन्तर लाग्यो ओरालो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । निक्षेप घटिरहेका बेला नेपाली बैंकहरुमा कर्जाको माग उच्च बनेको छ।

कर्जा माग बढ्दा बजारमा तरलता अर्थात् लगानीयोग्य रकमको अभाव देखिएको छ।

नेपाल बैंकको ३ अर्ब रुपैयाँ र नेपाल राष्ट्र बैंकको १ अर्ब रुपैयाँ वाणिज्य बैंकमा जाने क्रममा छ। तर यसले पनि कर्जा र निक्षेपलाई सन्तुलनमा ल्याउन नसक्ने देखाएको हो।

असारको पहिलो ४ दिन अर्थात् १ गतेदेखि ४ गतेसम्मको अवधिमा ४ अर्ब रुपैयाँ कर्जा लगानी भएको देखिएको छ।

नेपाल बैंकर्स संघका अनुसार एक महिना अर्थात् जेठभरि भने वाणिज्य बैंकहरुले ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।

चालू आर्थिक वर्षको असार ४ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।

असार ४ गतेसम्मको तथ्याङ्कमा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ।

जब कि गत जेठ ३१ गतेसम्म पनि बैंकहरुको निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ नै रहेको थियो।

जेठ महिनाभरि भने बैंकहरुले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकर्स संघको भनाइ छ।

यसरी हेर्दा निक्षेप र कर्जाको ग्याप नै ४ अर्ब रुपैयाँमा रहेको देखिएको हो।

नेपाल राष्ट्र बैंकले पनि चालू आर्थिक वर्षमा कर्जाको माग बढिरहेको देखाएको छ।

राष्ट्र बैंकले वैशाख मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३.८ प्रतिशतले बढेको देखाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो ।

वैशाखसम्ममा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले बढेको छ।

२०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

२०७७ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.४ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७७÷७८ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८.३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १५.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७.६ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७.७ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४६.५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...