CG Electronics
IME Life
NIMB

आज पाथिभारा माताको दर्शनसँगै आषाढ १२ गते शनिवारको राशिफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

साप्ताहिक राशिफल – Weekly Rashifal

उपप्रा। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मंगलवार र बुधवार भने अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। सप्ताहान्तमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नाम, दाम र इनाम हातपार्न पनि सकिनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो साता केही चुनौती पार लगाएर अवसर हात पार्न सफल भइनेछ। सुरुमा प्रतिस्पर्धीहरूले अलि दुस्ख दिनेछन्। फजुल खर्च बढ्नेछ। तापनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगको भेटघाटले दैनिकी रमाइलो रहनेछ। खर्च लागे पनि यात्राको अवसर जुर्नेछ। काम बिग्रनाले बिहीवार र शुक्रवार आकस्मिक झमेला आइलाग्न सक्छ। स्वास्थ्य पनि कमजोर रहनेछ। बीचमा नसोचेको समस्या आए पनि सप्ताहान्तमा भाग्यले साथ दिनेछ। परोपकारी कामले लोकप्रियता दिलाउनेछ। धन र मान समेत प्राप्त हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। विवादमा अघि सर्नाले आलोचित भइनेछ। तापनि मन मिल्नाले प्रेमको बन्धन समेत कसिन सक्छ। सप्ताहान्तमा भने स्वास्थ्य कमजोर रहनाले काम पनि रोकिन सक्छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको भर पर्दा काम रोकिन सक्छ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफन्तको सद्भाव र सहयोग जुट्नाले चिताएको काम बन्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। अध्ययनमा विशेष प्रगति हुनेछ। विभिन्न अवसरले पछ्याउनुका साथै नयाँ जिम्मेवारी हातलागी हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा उछिन्न सकिनेछ। सोखले खर्च भने बढाउन सक्छ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउन सक्छ। निम्तो आए पनि आतिथ्य सुखप्रद नहुन सक्छ, सजग रहनुहोला।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। मंगलवारदेखि केही पारिवारिक असमझदारी बढ्ने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बिहीवारदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। लगनशीलताले सफलता दिलाउनेछ। पुरुषार्थी कामले प्रतिष्ठा दिलाउनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। साझेदारीमा भने अलि सावधान रहनुपर्ला

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। चिताएका घरेलु काम सम्पादन हुनेछन्। सहयोगीहरू जुट्नाले महत्त्वपूर्ण काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। शत्रुहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। लगनशीलताले काममा पनि सफलता नै दिलाउनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा केही चुनौती देखिए पनि यो साता विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र सानो प्रयत्नले ठूलो काम बन्नेछ। मंगलवारदेखि सहयोगीहरूको साथ जुट्नाले नयाँ कामतर्फ प्रवृत्त भइनेछ। बीचमा केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ। सप्ताहान्तमा आफन्तको साथ जुट्नाले स्थितिमा सुधार आउनेछ। नयाँ कामका साथै गुमेको स्थान प्राप्त हुन सक्छ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। आँटले काम बनाउन सकिनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। आम्दानीको नयाँ स्रोत भेटिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै उपलब्धि प्राप्त हुनेछ। बिहीवारदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका लागि जुट्नुपर्दा नियमित काममा बाधा पर्नेछ। सप्ताहान्त खर्चिलो देखिए पनि प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। तर सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा ऋणभार बढ्न सक्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले नयाँ अवसर प्राप्त हुनेछ। अवरोध हट्नेछ र तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। अध्ययनमा पनि प्रगति हुनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा विवादास्पद जिम्मेवारी आउन सक्छ। आफन्तको नजरबाट टाढिनुपर्ने हुन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा कर्मसिद्धि हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बीहीवार र शुक्रवार परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। तापनि परोपकारी काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सामाजिक कामले पदीय दायित्व समेत दिलाउन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। सप्ताहान्तमा दिगो काममा लगानी गर्नुपर्ने हुन सक्छ। खर्चिलो कामले अर्थ अभाव निम्त्याउन सक्छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा स्वास्थ्य कमजोर रहनेछ भने आँटेको काम अर्थ अभावले रोकिन सक्छ। केही जोगाउन केही वस्तु त्याग्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम बनाउन सकिनेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मंगलमय कर्म सम्पादन हुनेछन्। विवादास्पद काममा जुट्नुपरे पनि नाम, दाम र इनाम हात पार्ने समय छ। विशेष व्यक्तिसँग भेटघाट हुने समय छ। आम्दानीको स्रोत सबल बन्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा आय बढ्नाले जीवनशैलीमा सुधार आउनेछ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...