CG Electronics
IME Life
NIMB

कहिले खुल्छ ड्राइभिङ लाइसेन्सको परीक्षा ? यस्ता छन् पास हुन ध्यान दिनुपर्ने नियम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
काठमाडौं । निषेधाज्ञासँगै रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणकाे लिखित परीक्षा र ट्रायल अनिश्चित छ । निषेधाज्ञा पूर्णरूपमा नखुलेका कारण परीक्षा अनिश्चित बनेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । ‘हामी त तयार छौँ तर जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि मात्र परीक्षा लिने तयारी छ’, उनले भने ।
अब लिइने परीक्षा पहिलेको भन्दा केही भिन्न हुने उनले बताए । विभागले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका परिमार्जन गर्दै ए, बी र के क्याटेगोरीका सवारीसाधनको प्रयोगात्मक परीक्षामा प्रत्येक कण्डिसनमा अंक प्रदान गरिने र सोही अंकका आधारमा परीक्षार्थी पास वा फेल निर्धारण गरिने प्रावधान ल्याएको हो ।
यो नियम जेठदेखि लागू गर्ने भनिए पनि निषेधाज्ञाका कारण कार्यान्वयनमा आउन सकेको थिएन । निर्देशिकाअनुसार पहिलेकै प्रयोगात्मक परीक्षालाई सातवटा चरणमा छुट्याइएको छ । ए र के वर्गको हकमा पहिलो चरणको घुमाउरो ८ को अंकभार २० कायम गरिएको छ । एक पटक अंकित रेखा छोएमा ५ र एक पटक खुट्टाले भुइँमा टेकेमा ५ अंक काटिनेछ ।
त्यस्तै, एक पटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै खुट्टाले भुइँमा टेकेमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा र सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ । दोस्रो चरणको साँघुरो फलेकको अंकभार १० कायम गरिएको छ ।
यो चरणमा खुट्टाले भुइँमा टेकेमा र फलेकको लम्बाइ पार गर्नुअगावै सवारी फलेकबाहिर निस्केमा परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ । त्यस्तै, तेस्रो चरणको यू-टर्नको अंकभार १० कायम गरिएको छ ।
यसमा इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण घोषणा गरिनेछ । चौथो चरणको ट्राफिक संकेतको अंक भार १५ छ । संकेत पालना नगरे १५ नम्बर घटाइनेछ भने फेल भने हुने छैन ।
त्यसैगरी, पाचौँ चरणमा रहेको बम्पसको अंकभार १५ छ । यसमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एक पटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ । त्यस्तै, एक पटकभन्दा धेरै खुट्टाले भुइँमा टेकेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा अनुत्तीर्ण घोषणा गरिनेछ । छैटौँ चरणमा रहेको र्याम्प (उकालो/ओरालो)को अंकभार २० छ ।
यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ ।
त्यस्तै, अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूमा सामान्य निरीक्षण नगरे ३, हेल्मेटको लक नलगाई सवारी चलाए ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाए ३ नम्बर काटिनेछ । विभागले बी क्याटेगाेरीका लागि पनि सातवटा चरण बनाएको छ ।
पहिलो चरणको घुमाउरो ८ को अंकभार २० छ । यसमा दुई पटकसम्म अंकित रेखा छोएमा ५/५ अंक काटिनेछ । त्यस्तै, एक पटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा, अगाडि बढ्ने क्रममा सवारीलाई पछाडि सारेमा भने परीक्षार्थीलाई अनुत्तीर्ण गरिनेछ । त्यसैगरी, दोस्रो चरणको उबडखाबडको अंकभार १० कायम गरिएको छ । यसमा एक पटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ भने एक पटकभन्दा धेरै स्टार्ट बन्द भएका परीक्षार्थीलाई फेल गरिनेछ । तेस्रो चरणमा यू-टर्नको अंकभार १० छ । यसमा ट्रेनिङ इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण गरिनेछ । त्यस्तै, चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ कायम गरिएको छ । संकेत पालना नगरे १५ नम्बर घटाइए पनि फेल भने नगरिने बताइएको छ । पाचौँ चरणमा रहेको र्याम्प (उकालो/ओरालो) को अंकभार १५ छ । यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ । छैटौँ चरणमा रहेको ग्यारेज पार्किङको अंकभार २० छ । यसमा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकसम्म अगाडि सरेमा १० नम्बर काटिनेछ भने पछाडि गुडाउने क्रममा एक पटकभन्दा धेरै अगाडि सरेमा र अंकित रेखा छोएमा परीक्षार्थी फेल हुनेछ । त्यसैगरी, सातौँ र अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूका सामान्य निरीक्षण नगरे, सिटबेल्ट नलगाई चलाएमा ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ नम्बर काटिनेछ । एपमार्फत अंक दिइने विभागले सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल)बाट म्यानुअल सिस्टम हटाउने भएको छ । अहिलेसम्म ट्रायल दिनेले गल्ती गर्दा ट्राफिकले सिट्टी फुकेर निर्णय गर्दै आएको छ । अब भने सातवटै चरणमा बसेका परीक्षकले मोबाइल एपको सहयोगमा अंक दिनेछन् ।
यसका लागि मोबाइल एप तयार गरी परीक्षणसमेत गरिसकिएको घिमिरेले जानकारी दिए । मानवीय त्रुटि हटाउन, परीक्षकले आफैँ पास वा फेल गराउन नसकोस् र नतिजा पारदर्शी र निष्पक्ष होस् भनेर यो प्रणाली लागू गरिएको उनले बताए । यो प्रणाली ए, बी र के क्याटेगाेरीमा लागू हुनेछ ।
पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...