CG Electronics
IME Life
NIMB

ग्रिन टायरले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर बजारमा उपलब्ध

NIMB
Himalayan Bank

काठमाडौं । ग्रिन टायरले ट्रयाक्टरको पछाडि भागमा लाग्ने नेपाली बजारमा टायर उपलब्ध गराएको छ । निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ ।

रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर समेत हो । नेपालको कठिन सडक तथा भौगोलिक संरचनाको हिसाबले तयार गरिएकोले सो टायर नेपाली माटो तथा बाटोलाई सुहाउने कम्पनीको दावी छ ।
सो टायरमा ताप प्रतिरोधी क्षमता रहेको छ भने पन्चर सुरक्षाको लागि थ्रेडको बीचमा अतिरिक्त रबर प्रयोग गरिएको छ । कुल २० वटा गोटी रहेको र हाई एनएसडी सहित उत्कृष्ट ट्रयाक्सनयुक्त टायर भएकोले यसले राम्रो उत्पादकत्व दिनेमा कम्पनी विश्वस्त रहेको बताएको छ ।
हाल यो टायर १३.६–२८ को साइजमा बजारमा उपलब्ध छ । आगामी केही दिनमा अन्य साइजका एग्रिकल्चर टायर समेत बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले बताएको छ ।

तीन वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ । हाल कम्पनीले प्रतिवर्ष २.५ लाख थान टायर उत्पादन गरिरहेको छ । आगामी वर्ष देखि ५ लाख थान टायर उत्पादन हुनेछ । हाल ग्रिन टायरमा कुल १५० जना कामदार कार्यरत छन् ।

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:२०

काठमाडौँ । वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...