विश्व चर्चित विद्युतीय कार निसान लिफकाे आकर्षक बुकिङ्ग खुल्यो
Thursday Jul 08, 2021
वि.सं.२०७८ असार २४ बिहीवार २२:५४

काठमाडौं । प्रत्याभूति सहित नेपाली बजारमा विद्युतीय सवारी साधन लिफ ई.भी. उपलब्ध गराएको छ । Zero Emission विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) निसानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन हो । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारी साधन हो ।
निर्माता कम्पनीको उद्देश्य समाजमा सवारी साधनमा परिवर्तन ल्याउनुका साथै शक्तिशाली र सजिलो सवारी साधन उपभोक्ता समक्ष पु¥याउनु हो । यसको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ ।
निशान मोटर इंडियाका अध्यक्ष सिनान ओजकोकका अनुसार, “विद्युतीय सवारी साधनको सेगमेन्टको लागि नयाँ अध्याय अंकित गर्दै निसानले नेपालमा दोश्रो जेनेरेसनको निसान लिफ सार्वजनिक गरेको हो । निसान को ’निसान इन्टेलीजेन्ट मोबीलीटी’ अन्तर्गत हाम्रा ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरण मैत्री र सुरक्षित अनुभवको लाभ लिन सक्नुहुनेछ । दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई कायम गर्दै हाम्रा ग्राहकहरु प्रतिको आत्मविश्वास र उत्साहजनक जिवनलाई पनि निरन्तरता दिनेछौं ।“
लिफ इलेक्ट्रिक भेहिकलको विशेषताबारे चर्चा गर्दै पायोनियर मोटो कर्प प्रा.लि.का प्रबन्ध निर्देशक सन्दिप कुमार शारदा भन्नुहुन्छ, “इलेक्ट्रिक भेहिकलका विशेषताहरु र उपयोगिताबारे हाम्रा आदरणीय ग्राहकहरुलाई जानकारी गराउनुका साथै अब विश्वको र हाम्रो भविष्य नै इलेक्ट्रिक भेहिकल हो । शून्य प्रदुषण सहितको उपयुक्त प्रविधिमा आधारित यो सवारी साधन चालकदेखि यात्रुलाई समेत सुविधा सम्पन्न र आरामदायी छ । निसान लिफ ई.भी.ले आफ्ना ग्राहकहरुलाई सुरक्षित, स्मार्ट र सुविधा सम्पन्न यात्रा गर्न थप सहजिकरण गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।


























