CG Electronics
IME Life
NIMB

 हिमालय एअरलाइन्समा आफ्नो फ्लाईट टिकट अनलाइनबाट बुकिङ्ग गर्न सक्ने

NIMB
Himalayan Bank

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानीको एक निजी एअरलाइन्स्, हिमालय एअरलाइन्स्ले हालै आफ्नो अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ, जसबाट ग्राहकहरूले उहाँहरूको डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइट https://him-air.com बाट बुकिङ्ग गर्न सक्नुहुनेछ । यसले उहाँहरुलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुनेछ ।

अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस (connect IPS) प्रयोग गर्ने ग्राहकहरूले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण – पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्नुहुनेछ । एअरलाइन्स्ले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तै ब्यागेजको पूर्व विुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरू मार्फत् नविनतम सेवा सुरु गर्ने योजना बनाएको छ ।

नयाँ वेबसाइट सुरूवातको बारेमा टिप्पणी गर्दै अध्यक्ष – श्री जोउ इन्योङ्ले भने, “हाम्रा ग्राहकहरू हामीले गर्ने सबै कामका केन्द्र हुन्, र हामी उहाँहरूलाई बढी भन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर छौं । त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरी हाम्रो नयाँ बि–टु–सी वेबसाइटको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं । यो वेबसाइट हिमालयको निरन्तर अविष्कारको संस्कृति र हाम्रो उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्घताको परिणाम हो । वास्तवमा हामी यस प्लेटफर्मलाई तयार गर्न लकडाउनको अवधि प्रयोग गरिरहेका थियौं र अहिलेको कोभिड–१९ महामारीलाई मध्येनजर गर्दै हामी हाम्रा यात्रुहरूको भौतिक सम्पर्करहित बुकिङ्ग र यात्रा सुविधाको आवश्यकताबारे राम्ररी बुझ्दछौं ।”

त्यस्तै उपाध्यक्ष–श्री विजय श्रेष्ठले भने, “यो कम्पनीको लागि महत्वपूर्ण उपलब्धी हो । हिमालय सधैं आफ्नो ग्राहकहरुसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित छ र सुविधाजनक टिकट ब्राउज र बुकिङ्ग अनुभवको निम्ति यो प्लेटफर्म हाम्रो कम्पनीको लागि कोसेढुङ्गा साबित हुनेछ । ”

यो नयाँ सेवाबाट हिमालयले आफ्ना आदरणीय ग्राहकहरुका लागी सहज र निर्बाध टिकट बुकिङ्ग अनुभव सुनिश्चित गर्नका लागी तैयारी गर्दैछ ।
रबस् ३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ ।

निकट भविष्यमा एअरलाइन्स्को ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना छ ।
व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो ।

भर्खरै अगस्त २०२० मा हिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ ।

हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्त गर्न र उड्डयन क्षेत्रमा उच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तार गर्न अथक प्रयासमा लागि परेको छ । हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:२०

काठमाडौँ । वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...