CG Electronics
IME Life
NIMB

यसरी कर्जा असूली गर्दैछन् बैंक तथा वित्तीय संस्था,नेपाल राष्ट्र बैंकको नेर्देशन कता हरायो ?

NIMB
Himalayan Bank

काठमाडौं ।   नियामक निकायको निर्देशन विपरित बैंक तथा वित्तीय संस्थाले ऋण असुली प्रक्रिया शुरु गरेका छन् । नेपाल राष्ट्र बैंकले जेठ पहिलो साता निर्देशन जारी गर्दै निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असूली नगर्न निर्देशन दिएको थियो ।

तर, निषेधाज्ञा नसकिँदै पत्रपत्रिका धितो लिलामीका सुचना आउन थालेको छ । राष्ट्र बैंकले गत जेठ २ गते जारी गरेको एकिकृत निर्देशिका २०७७ को संशोधन तथा परिमार्जन परिपत्रमा-‘कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन पाइने छैन’ उल्लेख छ ।

सकारकारले निषेधाज्ञा खुकुलो बनाएपनि हालसम्म निषेधाज्ञाको नै अवस्था छ । सरकारले निषेधाज्ञा खुल्ला गरेको घोषणा नगर्दै राष्ट्र बैंकको निर्देशन विपरित गएर बिहिबार रिलाइन्स फाइनान्सले ६ जना ऋणीलाई कर्जा चुक्ता गर्न आउन नभए धितो असुलीमा जाने भन्दै सुचना निकालेको छ ।

फाइनान्सले नयाँ पत्रिका र कारोबार राष्ट्रिय दैनिकमा ७ दिने र १५ दिने कर्जा चुक्ताको सुचना निकालेको हो । यसबाहेक नागरिक दैनिकमा समेत नेपाल सहकारी संस्थाले धितो लिलामी गर्ने भन्दै कर्जा चुक्ताको ७ दिने समय दिएर सुचना निकालेको छ ।

निषेधाज्ञा खुकुलो भएर मानविय आवजावत सहज हुँदै गएपनि राष्ट्र बैंकको निर्देशन अनुसार अहिले नै कर्जा असुलीमा बैंक तथा वित्तीय संस्था जान नमिल्ने नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए ।

‘निषेधाज्ञा अवधिभर वा निषेधाज्ञा सकिएको ७ दिनभित्र कर्जा असुलीको कुनै पनि प्रकिया नगर्न यसअघि जारी निर्देशनले भनेको छ,’ पोखरेलले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकको निर्देशन विपरित गएर कर्जा असूलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन पाइँदैन, यदि कुनै संस्थाले सो गरेको भएमा पहिलो पटक सचेतना दिइन्छ ।’

तोकिएको समयसम्म कर्जा असूलीमा नजान राष्ट्र बैंकले सचेतना दिँदा पनि सोको कार्यन्वयन नभएमा ऐन अनुसारको कारवाही गर्न राष्ट्र बैंक पछि नहट्ने उनले बताए ।

सहकारीहरुको हकमा भने राष्ट्र बैंकले सञ्चालनको अनुमति नदिने हुँदा उनीहरुको नियमनको बारेमा केही भन्न नमिल्ने उनले जानकारी दिए ।

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:२०

काठमाडौँ । वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...