CG Electronics
IME Life
NIMB

घरजग्गा र सवारी साधनमा बैङ्कहरुले कति गर्छन लगानी,तथ्यांकमा निस्कियो यस्तो हिसाब

NIMB
Himalayan Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कुल कर्जाको १५ प्रतिशत कर्जा घरजग्गा र सवारी साधनमा लगानी गरेका छन्। केन्द्रिय बैंकले सार्वजनिक गरेको जेठ महिनाको मासिक विवरणमा यस्तो देखिएको हो।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले जेठ अन्तिमसम्ममा कुल ४० खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा २ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा आवासिय व्यक्तिगत घर कर्जा लगानी गरेका छन भने १ खर्ब ८० अर्ब रुपैयाँ रियल स्टेट अर्थात घर कर्जामा लगानी गरेका छन्। विशेषगरी यो कर्जा घर निर्माणको लागि दिइन्छ। यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ६४ करोड रुपैयाँ हायर पर्चेज अर्थात सवारीसाधन कर्जामा लगानी गरेका छन्।

बैंकहरुले रियल स्टेट कर्जा घर जग्गा खरिद गर्नको लागि प्रदान गर्ने गर्छन भने सवारी साधन खरिदको लागि हायर पर्चेज कर्जा दिने गर्छन। त्यस्तै केन्द्रिय बैंकले आवासीय घर निर्माणको लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । यसलाई बैंकहरुले आवासिय व्यवक्तिगत घर कर्जाको रुपमा प्रवाह गर्छन्।

यी कर्जाहरुमध्ये घरजग्गामा जाने कर्जा बढ्दो क्रममा देखिएको छ भने सवारी साधन कर्जा भने घट्दो क्रममा छ। गत वर्ष पनि यस्तो कर्जा ३ प्रतिशतभन्दा धेरैले घटेको थियो। तर रियल स्टेट कर्जा ११ प्रतिशतले बढेको थियो भने आवासिय व्यक्तिगत घर निर्माणको लागि प्रदान गरिने कर्जा समेत ६ प्रतिशतले बढेको थियो।

वाणिज्य बैंकहरुले मात्रै पनि कुल कर्जाको साढे १४ प्रतिशत कर्जा यी क्षेत्रमा लगानी गरेका छन्। जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ३६ खर्ब ४१ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन। जसमा रियल स्टेट कर्जा २ खर्ब ३५ अर्ब रुपैयाँ छ भने हायर पर्चेज कर्जा १ खर्ब ५५ अर्ब र आवासिय व्यक्तिगत घर कर्जा १ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्तयसम्म्मा रियल स्टेट क्षेत्रमा गएको कर्जा १ खर्ब ६३ अर्ब रुपैयाँ थियो भने हायर पर्चेज कर्जा १ खर्ब ७४ अर्ब रुपैयाँ र आवासिय ब्यक्तिगत घर कर्जा २ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षमा लकडाउन सहज भएसँगै बैंकहरुको कर्जा लगानी उच्च रुपले बढेको थियो। लकडाउनको समयमा कर्जा नगएर उच्च रुपले तरलता थपिएको बैंकिङ्ग सेक्टरमा लकडाउन सहज भएसँगै कर्जा लगानी ह्वातै बढेको थियो।

विगतका वर्षहरुमा भन्दा गत वर्ष कर्जाको बृद्धिदर निकै धेरै थियो। बैंकहरुको कर्जा उच्च रुपले बढ्द रियल स्टेट कर्जामा समेत लगानी बढेको देखिन्छ।

चालु आर्थिक वर्षको ११ महिनामा रियल स्टेट कर्जा ९.६० प्रतिशतले बढेको छ भने आवासिय व्यक्तिगत घर कर्जा ११.८६ प्रतिशतले बढेको छ। यता हायर पर्चेज कर्जा भने गत ११ महिनामा ५.५६ प्रतिशतले घटेको केन्द्रिय बैंकले जनाएको छ।

केन्द्रिय बैंकले सवारी कर्जामा गरेको कडाइको कारण पनि पछिल्लो समय यस्तो कर्जा घट्दै गएको हो। पछिल्लो दुई वर्ष यता हायर पर्चेज कर्जा बढ्न सकेको छैन। गत आर्थिक वर्षमा पनि वाणिज्य बैंकहरुको यस्तो कर्जा केहि बढेको भए पनि विकास बैंक र फाइनान्स कम्पनीको उच्च रुपले घटेको थियो।

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...