IME Life
NIMB

यी हुन सेयर कारोबार गर्ने नेपालकै टप टेन कम्पनी,कुनले कति कमाउँछन् ?

NIMB
Himalayan Bank

काठमाडौँ । बढे पनि कमाउने घटे पनि कमाउने त्यस्तो कुनै ब्यबसाय होला ? धेरैलाई ओरालो लाग्दा पनि कसरी कमाउने हो भन्ने लाग्नु स्वाभाविक हो। तर सेयरको कारोबार गर्ने र गराउने ब्रोकरका हकमा भने यी कुरा लागु हुन्छन।

सेयर बजारमा बढ्दा होस् वा घट्दा कमाउने भनेको त्यो धितोपत्र दलाल कम्पनी मात्रै हो।
तर सबै ब्रोकर कम्पनीले सोचेजसरी नाफा मात्रै कमाउन भने सक्दैनन्। बिहीबार सेयर बजार सूचक १५ अं‌कले घट्दा करिब ११ अर्बको मात्रै सेयर किनबेच भएको छ।

उक्त कारोबार रकममा ब्रोकरले किन्ने बेच्ने दुवै पक्षबाट कारोबार रकमको आकारका आधारमा ०.२७ देखि ०.४ प्रतिशत सम्म कमिसन लिन्छन्। अर्थात औसतमा पनि कारोबार रकममा ०.३३ प्रतिशत कमिसन पाउँदा समेत ब्रोकरले दैनिक करोडौ रुपैयाँ कमिसन वापत लैजान्छन्।

नासा सेक्युरिटिज एक्लैले १ अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच गराउँदा अरु कुनै पनि ब्रोकरले अर्ब माथिको कारोबार गराउन सकेनन्।सबैभन्दा कम सेयर कारोबार गराउनेमा भने सगरमाथा सेक्युरिटिजले जम्मा चार लाख २९ हजार रुपैयाँको मात्रै सेयर कारोबार गराएको छ।

सबैभन्दा धेरै रकमको सेयर कारोबार गरेको नासाले सबैभन्दा धेरै एनसीसी बैंकको सेयर बेचेको छ भने हिमालयन जनरल इन्स्योरेन्सको सेयर किनेको छ।

दोस्रो नम्‍बरमा रहेको भिजन सेक्युरिटिजले ९८ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच गराएको छ। भिजनबाट माउन्टेन हाइड्रोको सबैभन्दा धेरै सेयर बिक्रि भएको छ भने गुडविल फाइानान्सको सेयर किनिएको छ।

तेस्रो नम्बरमा रहेको इम्पेरियल सेक्युरिटजले ८६ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार गराएको छ। सांग्रिला विकास बैंकको सेयर धेरै बेचेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको सेयर धेरै किनेको छ।

त्यस्तै चौथो नम्बरमा रहेको डायनामिक मनि म्यानेजर सेक्युरिटिजबाट ८६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार गरेको छ। सिद्धार्थ इन्स्योरेन्सको धेरै सेयर बिक्री गर्दा एनसीसी बैंकको धेरै सेयर किनेको छ।

अनलाइन सेक्युरिटिजबाट ७८ करोड ९० लाख रुपैयाँको सेयर किनबेच हुँदा निर्धन उत्थान लघुवित्तको धेरै सेयर बिक्री र शिवम सिमेन्टको धेरै सेयर खरिद गरिएको छ।

शनी सेक्युरिटिजबाट ७२ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार हुँदा ङादी ग्रुपको धेरै बिक्रि र हिमालयन पावर पार्टनरको धेरै खरिद भएको छ।

त्यस्तै दीपशिखा धितोपत्र कारोबारबाट ६९ करोड ९० लाख रुपैयाँको सेयर किनबेच हुँदा प्रोग्रेसिभ फाइनान्सको बिक्री र ङादी ग्रुपको सेयर सर्वाधिक खरिद गरिएको छ।

एबिसी सेक्युरिटिजबाट ६० करोड ८६ लाख रुपैयाँको सेयर किनबेच हुँदा नेपाल बैंकको सेयर धेरै बेचिएको र आइएमई जनरल इन्स्योरेन्सको सेयर धेरै किनिएको छ।

आर्यतारा सेक्युरिटिजबाट ६० करोड ३५ लाख रुपैयाँको सेयर खरिद बिक्रि हुँदा सप्तकोशी विकास बैंकको धेरै सेयर बेचिएको र गुडविल फाइनान्सको धेरै सेयर किनिएको छ।

ओपल सेक्युरिटिजबाट ५८ करोड रुपैयाँको सेयर किनबेच हुँदा सिद्धार्थ बैंकको सेयर बिक्री र रिडि हाइड्रोपावरको सेयर खरिद गरिएको छ।

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...