CG Electronics
IME Life
NIMB

थपियो मध्य भोटेकोशीको आइपीओमा आवेदन दिने समय

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण सेयर (आइपीओ) मा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले यही साउन ३१ गतेसम्म साधारण आइपीओमा आवेदन दिन सक्नेछन् । यसअघि यही साउन १७ गतेसम्म साधारण सेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो । कम्पनीले प्रतिसेयर अङ्कित मूल्यका ६० लाख कित्ता साधारण सेयर स्थानीयवासीका लागि विक्री गरिरहेको छ ।

त्यसमा १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र र ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाबासीका लागि विक्री हुनेछ । आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्म सेयर आवेदन दिने व्यवस्था गरिएको छ ।

आयोजना प्रभावित भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५, ६ ७ र ८ मा बसोबास गर्ने बासिन्दा र आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्नेले साधारण सेयरमा आवेदन दिन पाउने व्यवस्था छ ।

आयोजना कूल १०२ मेगावाट क्षमताको हो । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेको मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सो आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...