CG Electronics
IME Life
NIMB

जीडीपीको तीन गुणाले बढ्यो क्लियरिङ हाउसको कारोबार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ ।  गत आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का विभिन्न प्रणालीमार्फत फर्छ्योट गरिएको नगदरहित भुक्तानी कारोबार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा तीन गुणा बढी छ । एनसीएचएलले ईसीसी, आईपीएस र कनेक्ट आईपीएसलगायत विभिन्न प्रणालीमार्फत भुक्तानी कारोबार गर्दै आएको छ ।

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, नेपाल सरकारलगायत अन्य विभिन्न संघसंस्थाले प्रयोग गर्ने एनसीएचएलका सिस्टममार्फत उल्लिखित रकमको कारोबार भएको विज्ञप्तिमा उल्लेख छ । गत आर्थिक वर्षमा एनसीएचएलले कुल ४ करोड ४७ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्योट गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय १७ प्रतिशत बढी हो ।

‘रकमका आधारमा १३ खर्ब रुपैयाँ, २०.९ करोड अमेरिकी डलर, २४.९ करोड युरो र २७.२ करोड जीडीपी बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीमार्फत फर्छ्योट गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ । यसैगरी चेकको कारोबार २१, एनसीएचएल आईपीएसमा ९४ र कनेक्ट आईपीएसमा ५६६ प्रतिशत कारोबार वृद्धि भएको कम्पनीको दाबी छ । ‘यसरी तथ्यांक हेर्दा चेकबाट हुने कारोबारको वृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरूको उपायोग उल्लेख्य वृद्धि हुँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेसनल पेमेन्ट स्विच (एनपीएस) मार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने कम्पनीको दाबी छ । एनसीएचएल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाबाट प्रवर्द्धित कम्पनी हो । यो कम्पनीले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका लागि राष्ट्रियस्तरका भुक्तानी तथा फर्छ्योटका प्रणाली निर्माण तथा सञ्चालन गर्दै आएको छ । कम्पनीमा ५९ बैंक वित्तीय संस्था, २३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्स्योरेन्स कम्पनी, १२ सरकारी तथा अर्धसरकारी निकाय र अन्य ७ विभिन्न संघसंस्था आबद्ध छन् ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...