CG Electronics
IME Life
NIMB

साउन ३१ गतेदेखि बुद्धभूमि नेपाल हाइड्रोको आइपीओ आउने,भदौ १ देखि न्यादी हाइड्रोले आइपिओ ल्याउने

NIMB
Himalayan Bank

काठमाडौँ । साउन ३१ गतेदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो। धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा ४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । स्थानीयलाई आइपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणमा सेयर जारी गर्नेछ ।

कम्पनीको आइपीओमा १४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै,भदौ १ गतेदेखि न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासीन्दा र संस्थापक सेयरधनी कम्पनीका कर्मचारीका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले आयेजना अतिप्रभावित क्षेत्र लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ (साविक खुदी गाविसका वडा नं. १, २, ३ र ६ मात्र) तथा सोही गाउँपालिकाको वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा र भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयका लागि छुट्याएको छ ।

यस्तै, कम्पनीले आयोजना प्रभावित क्षेत्रका रुपमा सो क्षेत्र बाहेक लमजुङ जिल्लावासीका लागि १० लाख, संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता निष्काशन गर्न लागेको हो।

कम्पनीको आइपीओमा भदौ १५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा भदौ ३० गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओमा एनएमबी बैंकको बेँसीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...