CG Electronics
IME Life
NIMB

हाइड्रोको सेयरमा लगानीकर्ता झुम्मिए,यी ११ कम्पनीका लगानीकर्तालाई भयो मालामाल

NIMB
Himalayan Bank
जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको नाफा तथा लाभांश वितरणमा राष्ट बैंकले कडाइ गरेपछि लगानीकर्ता हाइड्रोप्रति आकर्षित भएका हुन् ।
तुलनात्मक रुपमा हाइड्रोपावर कम्पनीहरुले पनि धमाधम आकर्षक वित्तीय विवरण सार्वजनिक गर्न थालेपछि लगानीकर्ता यसप्रति आकर्षित भएक हुन् । यस्तै,मौद्रिक नीतिमार्फत हाइड्रोपावरलाई प्रोत्साहन गर्ने नीति ल्याइने हल्लाले पनि बजार तताएको हो ।
पछिल्लो समय सर्वाधिका कारोबार हुनेमा हाइड्रोपावर कम्पनीहरु नै रहेका छन् भने धेरै सेयर मूल्य बढ्नेमा पनि हाइड्रो कम्पनी नै छ । आज सेयर बजार मापक सूचक नेप्सेमा झिनो अंकले बढेको छ । आज नेप्से ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ बराबरको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.३३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह १.३८ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका २२७ कम्पनीमध्ये ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११कम्पनीको मूल्य स्थिर रहेको छ । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
यसको झन्डै ८२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण भ्याली हाइड्रोपावर ६० करोड र युनिभर्सल पावर ५४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
न्यून अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, अपी पावर, युनिभर्सल पावर र जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, युनियन लाइफ इन्स्योरेन्स र ङादी पावर कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन ।
कर्णाली डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, बुटवल पावर, नेपाल फाइनान्स र सिनर्जी पावर कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । आज एनआइसी एशिया बैंकका डिबेञ्चरधनीले भने सबैभन्दा धेरै ७.३७ प्रतिशत गुमाएका छन् ।
महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...