CG Electronics
IME Life
NIMB

नेपाल रेडक्रस र कोका–कोला फाउन्डेशनले स्वास्थ्य क्षेत्र र खोप अभियानलाई यसरी पुर्याउँदैछ सहयोग

NIMB
Himalayan Bank

काठमाडौँ ।  नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कोका –कोला फाउन्डेशनको साथमा कोभिड –१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुको सुरक्षा बढाउनको लागी साझेदारी गरेको छ । यो साझेदारीको उद्देश्य नेरेसोका स्वयंसेवकहरुलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपाँगता भएका व्यक्तिहरुलाई खोप लगाउनको लागी यातायात सुविधा प्रदान गर्नु हो।

यस सन्दर्भमा, श्रावण २१ गते महाराजगञ्जको शिक्षण अस्पतालमा हस्तान्तरण समारोह आयोजित गरिएको थियो जहाँ नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णीकर र कोका–कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा रमेश महारनांक ज्यूलाई सुरक्षा सामग्री हस्तान्तरण गर्नु भयो ।
साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएशनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरीएको छ । वितरणमा १२,५०० सर्जिकल मास्क, ५००० जोडी पन्जा, र ९६० सेनिटाइजर बोतल सामेल छन् ।
यसबाहेक, संयुक्त पहलमा नेपाल भरका १० जिल्लाहरुमा गरीएको छ जहाँ ३१,००० भन्दा बढी लाभार्थीहरु नेपाल सरकारद्वारा संचालित खोप केन्द्रहरुबाट पुगिसकेका छन् । यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र बागमती प्रदेशको धादिङ जिल्लामा साथै कास्की, तनहुँ, गोरखा, लमजुंग, र गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाहरुमा गरीएको छ ।
नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिकहरु, स्वास्थ्यकर्मीहरु, र एम्बुलेन्सहरु पनि सहयोगी सामग्री प्राप्त गर्ने लाभार्थीहरुको हिस्सा भएका छन् ।
“नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्न र “स्टप द स्प्रेड” अभियानलाई मुर्तरुप दिने एउटा प्रयास हो । ” नेपाल रेडक्रस स्वास्थ्य सेवा बिभागका निर्देशक डा मनिता राजकर्णिकार ले भन्नुभयो ।
नेरेसो संगको सहकार्य कोका–कोलाको “स्टप द स्प्रेड” अभियानको एक हिस्सा हो । नेपालमा कोभिड— १९ को फैलावट रोक्न मद्दत पुर्याउन, भ्याक्सिनेसनको सुविधा उपलब्ध गराउन, सुरक्षा सामग्री प्रदान गर्न र जागरुकता कार्यव्रmमहरु निर्माण गर्न नेपाली रु २.४ करोडको प्रारम्भिक योगदानको सहयोग गरिदै यस क्यामपियनलाई वर्षको सुरुमा घोषणा गरिएको थियो ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...