ime long ad

नृत्य निर्देशक सङ्घ नेपालको अध्यक्षमा पुनः बुद्ध लामा

Machhapuchchhre Bank ad

kumari long ad

काठमाडौँ ।   नृत्य निर्देशक सङ्घ नेपाल काठमाडौँ शाखाको अध्यक्षमा पुनः बुद्ध लामा निर्वाचित भएका छन् । शनिबार सङ्घको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

सङ्घको नयाँ कार्य समितिको दुई जना उपाध्यक्षमा अर्जुन तामाङ र महेश थापा, सचिवमा देवराज गुरुङ, सह सचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा अनिल भुजेल, पूर्णबहादुर स्याङ्तान, लक्ष्मी पुरी, सरस्वती पोखरेल, समृद्धि पन्त र भक्त कुमार राई निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा पनि लामाको नृत्वत्वमानै कार्यसमिति गठन भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बिपीका नुवाकोट जिल्ला सभापति एवं केन्द्रीय सदस्य श्यामबहादुर गुरुङले पछिल्लो समय नेपाली कला संस्कृति अतिक्रमणमा परेको बताएका छन् । संस्कृति पुर्खाले संरक्षण गरेर गएको भए पनि अहिले दोधारमा रहेको छ, उनले भने, ‘कलाकारलाई राज्यले सम्मान गर्नुपर्ने, कला संस्कृतिको जर्गेर्नामा राज्यले ध्यान दिनुपर्छ ।’ कला संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि आङ्खनो पार्टीले पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो ।

त्यस्तै नृत्य निर्देशक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशकको सिपी कोरोनाका कारण १८ महिना प्रयोगमा नआउँदा समस्या भएको बताएका छन् ।

कार्यक्रममा जिल्ला शाखा काठमाडौँका सल्लाकार कमल राईले गाउँघरमा विना निर्देशन राम्रो नाच्न सक्नेहरू रहेको भन्दै घरघरमा नृत्य गर्न सक्ने क्षमता भएका व्यक्तिहरू रहेको तर्क गरे । सबैले कला संस्कृतिको सम्मान गर्नुपर्ने र कोरोनाले समस्या भयो भनेर बस्नु भन्दा पनि कोरोनाको डटेर सामना गर्नुपर्ने उनले बताएका छन् । नेपाल र नेपाली सबै प्यारो रहेको भन्दै यही प्यारोपन र सौन्दर्यताका कारण आफूm मुम्बई नफर्केको हो, उनले भने ।

त्यस्तै अर्का सल्लाकार केपी पौड्यालले नृत्य ब्रम्हान्डको सञ्चार भएको बताएका छन् । नाचले मानिसको शरीरमा ऊर्जा बढाउने काम गर्ने भन्दै ‘जो नाच्न त्यो धेरै बाँच्च’ भन्ने उक्ति प्रचलनमा आएको उनले बताए । चलायमान नहुँदा मेसिनमा खिया लागेजस्तै मानिसको शरीरमा पनि खिया लाग्ने भन्दै शरीर चलायमान बनाउनका लागि पनि नृत्य अति नै अवश्य रहेको उनको भनाइ छ । धेरै नृत्यहरू लोप हुँदै गइरहेको भन्दै त्यसको संरक्षण गर्नु पर्ने उनले बताए ।

कार्यक्रममा नृत्य निर्देशक सङ्घ भक्तपुर शाखाका अध्यक्ष चूडामणि फुँयाल, ललितपुर शाखाका सचिव मिर्नरवा शर्मा राजोपाध्याय तथा पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका सदस्य अर्जुनबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

century bank long ad

किसानको पिरमार्का नबुझ्ने सरकारको कुनै औचित्य छैन : आईटी आर्मी

किसानको पिरमार्का नबुझ्ने सरकारको कुनै औचित्य छैन...

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार २१:२३

आईटी आर्मीले कृषी बिमा लागु गर्न र अन्नदाता किसानलाई पेन्सनको...

आज घटस्थापनाको साइत बिहान ११:४६ बजे

आज घटस्थापनाको साइत बिहान ११:४६ बजे

वि.सं.२०७८ असोज २१ बिहीवार १०:१६

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको...

दशैंको मुखमा  सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले बृद्धि

दशैंको मुखमा सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले...

वि.सं.२०७८ असोज २१ बिहीवार ०९:४९

काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ...

राउण्ड टेबल इन्टरनेशनल नेपालमा जयन्त अग्रवाल उपाध्यक्ष पदमा र्निवाचित

राउण्ड टेबल इन्टरनेशनल नेपालमा जयन्त अग्रवाल उपाध्यक्ष...

वि.सं.२०७८ असोज १८ सोमवार १५:५८

राउण्ड टेबल इन्टरनेशनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल...

निषेधाज्ञा लगाउने घोषणासँगै हवाई भाडा बढ्यो,हेर्नुहोस् अब कहाँको कति ?

निषेधाज्ञा लगाउने घोषणासँगै हवाई भाडा बढ्यो,हेर्नुहोस् अब...

वि.सं.२०७८ असोज १८ सोमवार १५:२२

बिहिबार रातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणासँगै उपत्यका बाहिरका गन्तव्यको...

सरकारले १ खर्ब ७९ अर्ब २३ करोड खर्च गर्दा २ खर्ब २२ अर्ब ढुकुटीमा भेला गर्यो

सरकारले १ खर्ब ७९ अर्ब २३ करोड...

वि.सं.२०७८ असोज १८ सोमवार १५:०८

  सरकारले दशैंअघि नै असोज महिनाको भुक्तानी सक्न प्रयास गरेको...