CG Electronics
IME Life
NIMB

पोको एम ३ प्रो स्मार्टफोनको नेपाली बजारमा बिक्री सुरु,कति पर्छ मूल्य ? यस्ता छन् बिशेषता

NIMB
Himalayan Bank

पोको एक इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्रान्डले आज पोको एम ३ प्रो ५ जीलाई नेपालमा लन्च गरेको छ ।

सबैका लागि एक शक्तिशाली र पहुँचयोग्य ५जीको मोडेल प्रदान गर्दै पोको एम ३ प्रो डुअल ५जी सपोर्टको साथ आउँदछ र एक इमर्सिभ ९० हट्र्जको फूलहाई डेफिनिसन डिस्प्ले र फ्ल्यागशिप लेभलको ७ न्यानोमिटर एफिसियन्सी प्रदान गर्दछ ।

“म्याड स्पिड, किलर लुक्स” को ट्यागलाइनका साथपोको एम ३ प्रो ले एड्भान्स्ड् टेक्नोलोजी र ट्रेन्डसेटिंग डिजाइनको संयोजनलाई बोकेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारी भने ,“ हाम्रो ध्यान सधैँ गुणस्तरीय उत्पादनहरु मार्फत प्रयोगकर्ताको अनुभवहरुलाई पुनः परिभाषित गर्ने कुरामा केन्द्रित छ र हामीले यसलाई हाम्रो पोर्टफोलियो भरि समाहित गर्न प्रयास गरेका छौँ । हाम्रो उत्पादन छनोटहरु सधैँ भरपर्दो प्रदर्शनलाई आश्वस्त पार्न र सधैँ विकसित हुँदै रहनको लागि निर्देशित गरिएको छ । यसैले हाम्रा उपभोक्ताहरुको आकांशा र आवश्यकतालाई पूरा गर्दछ । पोको एम ३ प्रो को लन्चको साथ हामी फ्युचरप्रुफको ५ जी टेक्नोलोजीलाई कुनै पनि कर्नरहरु नकाटी भित्राउँदै छौँ । डाइमेन्सिटी ७०० एसओसीका साथ संचालित उो उपकरण डुअल ५जी सपोर्टको साथ आउँदछ र यसले प्रयोगकर्ताहरुलाई दु्रत गति प्रदान गर्दछ । हामी विश्वस्त छौँ कि यस नयाँ स्मार्टफोनले पहिलेका सबै पोको प्रशंसक र नयाँ उपभोक्ताहरुलाई पनि अपील गर्दछ । ”

मिडियाटेक डाइमेन्सिटी ७०० पावर्ड स्मार्टफाने डिभाइस

७न्यानोमिटरको फ्ल्यागशिप लेभलको प्रोसेस प्रयोग गरेर निर्मित रहेकोपोको एम ३ प्रो मा मिडियाटेक ७०० चिपसेट र डुअल ५जी सपोर्ट रहेको छ । यस उपकरणले ८–कोर सिपियुको साथ २.२ गिगाहट्र्ज सम्मको क्लक स्पिड प्रदानगर्दछ र यसमाशक्तिशालीएआरएममालीजी ५७जिपियु रहेको छ जसले फ्ललेस युजर एक्सपेरियन्स प्रदानगर्दछ । यस जिपियुले मेशिनलर्निंगको लागि ६०५ सुधार, ३०५ बढी पर्फमेन्स डेन्सिटी र ३०५ बढी राम्रो इनर्जीको इफिसियन्सीको साथपावर एक्सपेरियन्सलाई वृद्धि गर्दछ ।

सुधारिएको ल्याटेन्सीको साथउपकरणले अधिकविश्वासनीयताप्रदान गरेको छ । दु्रतगति र उन्नत टेक्नोलोजीको संयोजनका साथ यो उपकरणले प्रयोगकर्ताहरुको लागिनिजी र सुरक्षित डिभाइस इन्टराक्सनप्रदानगर्दछ र यसको ७न्यानोमिटर ५जी अल्ट्रा सेभका साथ ९० प्रतिशतको पावर कन्जम्सनको खपतलाई कमगर्दछ। गेम खेल्दाअगावै लोड हुनदिनकालागि यस उपकरणमा युएफएस २.२ को फ्लास मेमोरी सुसज्जित रहेको छ जसले युएफएस २.१ र छिटो गेम लोडिंगको समय भन्दातीन गुणा छिटो अनुभव प्रदान गर्दछ ।

स्मार्ट डाइन्यामिक डिस्प्ले र डिजाइन

१६.५१ सेन्टिमिटर(६.५)को स्क्रीनको साथफूलहाई–डेफिनिसनको सिनेम्याटिक एक्सपेरियन्स प्रदानगर्दै पोको एम ३ प्रो स्मार्ट डाइन्यामिक डिस्प्ले र ९० हट्र्जको रियालिटी फ्लोको साथ आउँदछ । सामान्य हाई रिफ्रेस रेट डिस्प्लेको विपरित स्मार्ट डिस्प्लेले कन्टेन्ट फ्रेम रेटलाई चिन्न र एक स्मुथल्याग–फ्रिएक्सपेरियन्सको लागि कन्टेन्ट फ्रेमलाई मिल्दो प्रदर्शन गर्ने रिफ्रेस रेटलाई परिवर्तन गर्दछ । यसले स्मुथएक्सपेरियन्स र अधिकतम ब्याट्री प्रयोगको ग्यारेन्टी प्रदानगर्दछ ।

यो डुअल ३६० डिग्री लाइट सेन्सर सेटअपको साथ आउँदछ जसले चकलाई ४०९६वटा भिन्न स्टरमा डिटेक्ट र एड्जस्ट गरेर प्राकृतिक, स्मार्ट र सटीक तरिकामा समायोजितगर्न सक्दछ । यसले गर्दा आँखामाजोड कम पर्दछ र पेपर टेक्स्चर रिडिंग मोडको माध्यमबाट पढ्दा खेरि आरमादायक बनाउन मद्दत गर्दछ ।

पोको एम ३ प्रो पिद्दआइ र कनिंग®गोरिल्ला®ग्लास द्वारा सुरक्षितगरिएको स्प्लाशप्रुफ डिजाइनको साथ आउँदछ जसले क्यामेरामा स्क्र्याच आउन र झर्नबाट बचाउँछ । वास्तविकदर्शक रहेको पोको एम ३ प्रो ले यसको डुअल–टोन डिजाइनको साथ एक अद्वितीय रस्ट्यान्ड–आउट अनुभवको प्रदानगर्दछ र यो तीन वटा रंगको भेरियन्टमा उपलब्ध छः पावर ब्ल्याक, कुल ब्लु र सबै फ्यानहरुले मन पराउने पोको यल्लो ।

४८ एमपीको स्टनिंग ट्रिपल क्यामेरा एरे

४८ एमपीको ट्रिपल क्यामेराले सुन्दर र तीखाविवरणहरुको साथआकर्षक चित्रहरु क्याप्चर गर्दछ । पोको एम ३ प्रो ले अधिक भिभिड मिडियाको लागिविभिन्नमोडहरु प्रस्तुतगर्दछ जसमा नाइट मोड, स्लो मोड, मल्टिपल टाइम–ल्याप्स मोड र क्लोन फोटो समावेश छन् । यो म्याक्रो क्यामेराको साथ आउँदछ जसले विवरणहरुलाई क्याप्चर गर्दछ । यसमा डेप्थ सेन्सर पनि रहेको छ जसले प्रयोगकर्ताहरुलाई मनमोहकपोटे«ट र स्टनिंग तस्बिरहरु कब्जा गर्न मद्दत पुर्याउँछ ।

शक्तिशाली ५००० एमएएच ब्याट्री

पोको एम ३ प्रो ले विशाल ५००० एमएएच ब्याट्रीको फिचर गर्दछ जसले प्रयोगकर्ताहरुलाई घण्टौँको लाथि अडियो भिजुअलमनोरन्जनको प्रदानगर्दछ ।

यसको नर्मल युजेजका साथ ब्याट्री सजिलै दुई दिन भर टिक्छ जसले प्रयोगकर्ताहरुलाई आफ्नो ब्याट्री लेभलको चिन्तालिनुपर्दैन भन्ने कुरा सुनिश्चित गरेर युजर–फ्रेन्डली अनुभवको प्रदानगर्दछ । यसलाई दैनिकउपयोगको लागिआदर्श साथीबनाउनकालागि यो उपकरणमा २२.५ वाटको फास्ट चार्जर रहेको छ जुन १८ वाटको फास्ट चार्जिंग सपोर्टकय साथउपलब्ध रहेको छ ।

पोको एम ३ प्रो अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पाटर्नरहरुमा तीन वटा रंग पोको यल्लो, पावर ब्ल्याक र कुल ब्लुको भेरियन्टमा उपलब्ध हुनेछ । यसको बजार मूल्य नेपाली २३ हजार ९९९ रुपैयाँ छ ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...