CG Electronics
IME Life
NIMB

इन्भेष्टमेन्ट बैंकले खुद नाफामा गर्यो उल्लेख्य सुधार,५० प्रतिशत नाफा बढाउँदा कति कमायो ?

NIMB
Himalayan Bank

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकले खुद नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यो अघिल्लो आव २०७६/७७ को तुलनामा ५०.६९ प्रतिशत अर्थात् १ अर्ब २३ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा, गैरसंचालन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफा उल्लेख्य बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ३.२० प्रतिशतले घटेर५ अर्ब ५९ करोडमा सीमित भएको छ । यस्तै, बैंकको संचालन नाफा ४९.५० प्रतिशतले बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

१६ अर्ब २५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ छ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब ७४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ४.९३ प्रतिशत र कर्जा लगानी विस्तार १६.१५ प्रतिशतले सुधार भएको हो।

खुद नाफा बढेसँगै पनि बैंकको प्रतिसेयर आम्दानी १७.०५ रुपैयाँबाट बढेर २२.४६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १९८.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.४८ गुणा, सीसीडी अनुपात ७५.१२ प्रतिशत, आधारदर ५.७४ प्रतिशत र स्प्रेडदर ३.३३ प्रतिशत र खराब कर्जा २.४६ प्रतिशत रहेको छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...