CG Electronics
IME Life
NIMB

मेगा बैंकले खुद नाफा लोभलाग्दो पाराले बढायो, २३० करोड कमायो

NIMB
Himalayan Bank

काठमाडौँ । मेगा बैंक नेपालले खुद नाफा ४५.१६ प्रतिशतले बढाएको छ। बैंकले शुक्रबार गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गर्दै खुद नाफा एक अर्ब ५८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको जनाएको छ।

सात प्रतिशतले निक्षेप बढाएर २४.२८ प्रतिशतले ब्यापार बिस्तार गर्दा बैंकको खुद ब्याज आम्दानीमा नै सुधार देखिएको छ। खुद ब्याज आम्दानी ३९ प्रतिशतले बढ्दा खुद नाफामा उच्च सुधार देखिएको हो।

बैंकले गत आर्थिक बर्ष ग्राहकसँग उठाएको निक्षेप एक खर्ब ३६ अर्ब पुगेको छ भने ऋण एक खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। यही कारण खुद ब्याज आम्दानी पनि ५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। ब्यापार बिस्तार जुन हिसाबले बढेको छ ऋणको प्रोभिजनिङ जम्मा ५ प्रशिसतले मात्र बढेको छ। यसले पनि नाफामा सुधार भएको हो।

बैंकले टाइट सीसीडी रेसियोमा काम गरेको छ। राष्ट्र बैंकले ८५ प्रतिशतभन्दा माथि जान नपाउने सीमा निर्धारण गरेको छ। बैंकले ८२.६९ प्रतिशत सीसीडी कायम गरेको छ। जबकी धेरै बैंक ७९ प्रतिशत हाराहारीमा बसेक छन्।

बैंकको स्प्रेड दर पनि धेरै घटेको छैन। यसले गर्दा मार्जिन लिन बैंकलाई खासै समस्या भएन। ४.३९ प्रतिशतको स्प्रेडलाई बैंकले ४.१६ मा झारेको छ। आधार दर ८.३२ बाट ७.६१ प्रतिशतमा आएको छ।बैंकको प्रति सेयर आम्दानी पनि १२ रुपैयाँबाट १५.७१ रुपैयाँ पुगेको छ। मूल्य आम्दानी अनुपात अर्थात पीइ २३.२९ गुणा छ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...