CG Electronics
IME Life
NIMB

लक्ष्मी बैंकले खुद नाफामा ९.१९ प्रतिशतले गर्यो सुधार, कति कमायो खुद नाफा ?

NIMB
Himalayan Bank

काठमाडौँ ।  ३४ करोड रुपैयाँ बराबरको ट्रेडिङ आम्दानी (यसमा अधिकांस सेयर बिक्रीबाट भएको कमाइ हुन्छ) गरेको लक्ष्मी बैंकले खुद नाफामा ९.१९ प्रतिशतको सुधार गरेको छ। कोभिड-१९ संक्रमणसँगै अर्थतन्त्र अस्तब्यस्त भएकाले लक्ष्मी बैंकले धेरै ठूलो बिस्तारको नीति नलिइ नाफामा सुधार गरेको हो।

बैंकले शुक्रबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा एक अर्ब ५४ करोड रुपैयाँ भएको जनाएको छ। बैंकको खुद ब्याज आम्दानी भने घटेको छ।

खुद ब्याज आमदानी ७ प्रतिशतले घटेर ३ अर्ब २१ करोडमा सीमित भएको छ। बैंकले ऋण बिस्तारमा पनि आक्रमक नीति लिएको छैन। १९.८५ प्रतिशतले ऋण बढाएर एक खर्ब ६ अर्ब पुर्याएको छ। निक्षेप साढे १६ प्रतिशतले बढाएर एक खर्ब १४ अर्ब पुर्याएको छ।

राष्ट्र बैंकले अतिरिक्त प्रोभिजनिङ गर्नु पर्ने ब्यवस्थाको असरले नाफा प्रभावित भएको देखिन्छ। प्रोभिजनिङ साढे १९ प्रतिशतले बढेको छ।

बैंकको ऋणको ब्याज दर निक्कै सस्तिएको छ। आधार दर ९.२३ बाट ७.०८ प्रतिशतमा झरेको छ। स्प्रेड दर ३.९४ बाट ३.४२ प्रतिशतमा आएको छ। थोरै स्प्रेडमा काम गरेकाले पनि बैंकको आम्दानी प्रभावित भएको हो।

बैंकको प्रति सेयर आम्दानी १४.४१ रुपैयाँ छ भने पीइ रेसियो २७.४१ गुणा छ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...