ime long ad

एकैदिन साढे २१ अर्बको किनबेच हुँदा सेयर बजारले बनायो यस्तो रेकर्ड


काठमाडौँ ।    आज सेयर बजारमा तीव्र उतरचढाव आएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभाव पर्दा बजारमा तीव्र उतरचढाव देखिएको हो ।
बजार खुल्नसाथै ४० अंकले घटेको बजार एकैछिनमा ७ अंकले बढेको थियो । त्यसपछि निरन्तर ओरोलो लागेको बजार ७५ अंकसम्म घटेर अन्त्यमा २४ अंकले घटेर बन्द भएको छ ।
बैंकिङ, माइक्रोफाइनान्स समूह सम्हालिए पनि जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको सेयरमा पहिरो गएको छ । राष्ट बैंकले सेयर कर्जाको सीमा तोक्दै कडाइ गरेपछि ठूला खेलाडी प्रभावित हुँदा तीव्र उतरचढाव आएको हो ।
एक व्यक्तिले अधिकतम् एउटा बैंकबाट ४ करोड र सबैसंस्थाबाट गरी १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको छ । यसले साना लगानीकर्तालाई असर नगरे पनि ठूला खेलाडीलाई भने प्रत्यक्ष असर गर्ने देखिन्छ । दिनभर उतरचढाव आएको बजारमा कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।
आज एकैदिन साढे २१ अर्ब बढीको कारोबार हुँदै सर्वाधिक कारोबारको रेकर्ड बनेको छ । यो नेपाली सेयर बजारमा इतिहासमै एकैदिन भएको सर्वाधिक कारोबार हो ।
यसअघि गत जेठ ३१ गते सर्वाधिक १९ अर्ब ७० करोडको कारोबार भएको थियो । ठूलो अंकले बजार घट्दा लगानीकर्ता आँत्तिएर सेयर बेच्दा र घटेको मौकामा सेयर उठाउने हाबी हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो । आज सेयर बजार मापक सूचक नेप्से २४.५७ अंकले घटेर ३१५४.०८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२२ कम्पनीको २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ १० समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.३५ अंकले बढेको छ भने हाइड्रोपावर समूह ४.१३ अंकले घटेको छ । यस्तै, विकास बैंक र फाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्म ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको एकैदिन १ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्टीलरी ७९ करोड र अपी पावर ७० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । युनियन लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, आइसीएफसी फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज एनआइबील प्रगति फन्ड र रिडी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै ८.५ प्रतिशत गुमाएका छन् ।

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

६० अर्ब २ करोड शेयर बजारमा बीमा...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:२७

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६...