nic bank
himalayan everesat
Nmb bank

सेयर लगानीकर्तालाई अर्थमन्त्रीले बजार घटाउने गतिविधि हुन दिन्न भनेर दिए यस्तो आश्वासन

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जाको सीमा निर्धारण गरिदिएपछि लगानीकर्ता अर्थमन्त्री भेट्न पुगेका छन् ।

विशेषगरी ठूला लगानीकर्तालाई प्रभाव पर्ने गरी राष्ट्र बैंकले एक व्यक्तिले अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । सो व्यवस्थाले सेयर बजारमा प्रभाव पर्ने भन्दै लगानीकर्ता अर्थमन्त्री गुहार्न पुगेका हुन् ।

नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघको संयुक्त प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट्दै कतिपय प्रावधानहरुका कारण बजारमा नकारात्मक असर पर्ने भन्दै असुन्तष्ट जनाएका हुन् ।

अर्थमन्त्रीलाई भेट्न सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारलगायतका लगानीकर्ता सिंहदरबार पुगेका थिए।

भेटका क्रममा अर्थमन्त्री शर्माले मौद्रिक नीतिको व्यवस्थाले बजारलाई केही प्रभाव पार्ने देखिएकमा यसलाई संशोधन गर्न सकने बताएको फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए । लगानीकर्ताको कुरा सुनेपछि अर्थमन्त्री शर्माले यो व्यवस्था कार्यान्वयनका लागि आफूले २ वर्षको समयसीमा दिनेसमेत वचन दिएका छन्।

‘अधिकतम १२ करोडको सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले बजारलाई कस्तो प्रभाव पार्दो रहेछ, केही दिन हेरौँ’, ‘धेरै प्यानिक भयो भने यो व्यवस्था फिर्ता हुन्छ।’ अर्थमन्त्रीलाई उद्धृत गर्दै उनले भने ।

राष्ट्र बैंकले गरेको व्यवस्थाले बजारका लगानीकर्ता प्यानिक हुने भन्दै लगानीकर्ताहरुले अर्थमन्त्री शर्मालाई भेट गरी ज्ञापनपत्रसमेत बुझाएका छन्। आफ्नो लयमा कुदिरहेको बजारलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निरुत्साहित पार्न खोजेको भन्दै उनीहरुले अधिकतम सेयर धितो कर्जाको सीमासँग सम्बन्धित व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन्।

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् : गर्भनर अधिकारी

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् :...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:३५

  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै...

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव पदमा बढुवा

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:१९

  सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ...