CG Electronics
IME Life
NIMB

सेयर लगानीकर्तालाई अर्थमन्त्रीले बजार घटाउने गतिविधि हुन दिन्न भनेर दिए यस्तो आश्वासन

NIMB
Himalayan Bank

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जाको सीमा निर्धारण गरिदिएपछि लगानीकर्ता अर्थमन्त्री भेट्न पुगेका छन् ।

विशेषगरी ठूला लगानीकर्तालाई प्रभाव पर्ने गरी राष्ट्र बैंकले एक व्यक्तिले अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । सो व्यवस्थाले सेयर बजारमा प्रभाव पर्ने भन्दै लगानीकर्ता अर्थमन्त्री गुहार्न पुगेका हुन् ।

नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघको संयुक्त प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट्दै कतिपय प्रावधानहरुका कारण बजारमा नकारात्मक असर पर्ने भन्दै असुन्तष्ट जनाएका हुन् ।

अर्थमन्त्रीलाई भेट्न सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारलगायतका लगानीकर्ता सिंहदरबार पुगेका थिए।

भेटका क्रममा अर्थमन्त्री शर्माले मौद्रिक नीतिको व्यवस्थाले बजारलाई केही प्रभाव पार्ने देखिएकमा यसलाई संशोधन गर्न सकने बताएको फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए । लगानीकर्ताको कुरा सुनेपछि अर्थमन्त्री शर्माले यो व्यवस्था कार्यान्वयनका लागि आफूले २ वर्षको समयसीमा दिनेसमेत वचन दिएका छन्।

‘अधिकतम १२ करोडको सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले बजारलाई कस्तो प्रभाव पार्दो रहेछ, केही दिन हेरौँ’, ‘धेरै प्यानिक भयो भने यो व्यवस्था फिर्ता हुन्छ।’ अर्थमन्त्रीलाई उद्धृत गर्दै उनले भने ।

राष्ट्र बैंकले गरेको व्यवस्थाले बजारका लगानीकर्ता प्यानिक हुने भन्दै लगानीकर्ताहरुले अर्थमन्त्री शर्मालाई भेट गरी ज्ञापनपत्रसमेत बुझाएका छन्। आफ्नो लयमा कुदिरहेको बजारलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निरुत्साहित पार्न खोजेको भन्दै उनीहरुले अधिकतम सेयर धितो कर्जाको सीमासँग सम्बन्धित व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन्।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...