CG Electronics
IME Life
NIMB

मौद्रिक नीतिले सेयर लगानीकर्तालाई अल्मल्यायो, के भन्छन जानकार ?

NIMB
Himalayan Bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अस्ति शुक्रबार ल्याएको मौद्रिक नीतिको प्रभाव सेयर बजारमा परेको छ। नीति आएपछिको पहिलो कारोबार दिन आज आइतबार बजारमा उच्च कारोबार भयो। २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार गर्दै बजारले दैनिक कारोबारमा रेकर्ड नै राखेको छ।

आजको कारोबार हेर्दा लगानीकर्ता ‘कन्फ्युजन’मा देखिएको बजार विश्लेषक बताउँछन्। बजार घटेको समयमा थप लगानी गरेर बसिरहने कि आगामी दिनमा बजार अझै घट्ने भएका कारण भएको सेयर बेचेर निस्कने भन्ने दोधारमा लगानीकर्ता रहेको विश्लेषकको आँकलन छ।

आइतबार ३१७१ अंकबाट कारोबार सुरु भएकोमा १२ बजेर ३६ मिनेट जाँदा ६६ अंकले ओरालो लागेर ३१०५ अंकमा पुगेको थियो। बजार ओरालो लागेको मौका छोपेर लगानीकर्ताले सेयर किन्न थालेपछि बजार पुनः उकालो लागेर २ बजेर ३२ मिनेट जाँदा ३१७३ अंकमा पुगेको थियो। पछि विस्तारै बजार ओरालो लागेर ३१५४.३१ अंकमा अडिएको छ। यसबाट पनि लगानीकर्ता कन्फ्युजनमा रहेको पुष्टि हुने विश्लेषकको तर्क छ।

आज बजार ५० अंकभन्दा माथिले बढ्ने अनुमान लगानीकर्ताको थियो। तर, २४.५७ अंकले घट्न पुग्यो। ‘मौद्रिक नीतिमार्फत सेयर बजारमा धेरै कडाइ गरिन्छ भन्ने सोच लगानीकर्तामा थियो, त्यसैले उनीहरु अत्तालिएका थिए। तर, सोचेअनुसारको कडा नभई बजारअनुकूल नै आएकोले सेयर बजारमा ठूलो पहिरो गएन,’ नेप्सेका एक उच्च अधिकारीले भने।

सेयर धितो कर्जामा एक व्यक्तिले १२ करोड रुपैयाँभन्दा बढीको सेयर धितोमा कर्जा लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ, जुन नेपालको सेयर बजारका लागि पर्याप्त हो। १२ करोड रुपैयाँ खेलाएर नै मानिसले पर्याप्त लगानी गर्न सक्ने र अहिले पनि १२ करोडभन्दा माथिको सेयर धितोमा कर्जा कसैको नभएको नेप्सेका ती अधिकारीले जानकारी दिए।

सेयर बजारमा कारोबार गर्नका लागि सेयर धितो कर्जा प्रत्यक्ष लगानी भए पनि ओभरड्राफ्ट कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जाहरुको लगानी पनि सेयर बजारमा नै हुने गरेको छ। यसका बारेमा नेपाल राष्ट्र बैंक मौन छ।

नेपाल धितोपत्र बोर्डले केही समयअघि सार्वजनिक गरेको सेयर बजारसम्बन्धी प्रतिवेदनमा बजारलाई नियन्त्रण गर्न जरुरी रहेको तथा त्यसको लागि मौद्रिक नीतिले आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिइएको थियो। तर संसदको अर्थ समितिले अघिल्लो शुक्रबार पुँजी बजारलाई धक्का लाग्ने खालको मौद्रिक नीति नल्याउनका लागि नेपाल राष्ट्र बैंकलाई औपचारिक अनुरोध नै गरेको थियो।

अर्थ समितिको आग्रहलाई मान्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा पुँजीबजारलाई कडाइ गर्ने नभएर नरम नीति अपनाएपछि लगानीकर्ता थप उत्साहित भएर लगानी गर्दा बजार घटे पनि कारोबार भने बढेको हो। ‘केही मानिसहरु अब बजार घट्छ भन्दै बेच्न थाले भने केही अब बजार बढ्ने भन्दै किन्न थाले, जसको परिणाम कारोबार बढ्यो,’ नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘एक दिनको कारोबार हेरेर यसै हो भन्न सकिँदैन।’

आइतबार ५९ कम्पनीको सेयर बढेको छ भने १२६ कम्पनीको बजार घटेको छ। यसदिन खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त संस्था र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य दश प्रतिशतले बढेको छ।

त्यस्तै सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ। आइतबार यस बैंकको १ अर्ब ५ करोड बराबरको सेयर कारोबार भएको थियो। त्यस्तै हिमालयन डिष्टिलरी, अपी पावर कम्पनी, रिडि हाइड्रोपावर कम्पनी लगायतको सेयर कारोबार बढेको छ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...