CG Electronics
IME Life
NIMB

राष्ट्रिय वाणिज्य  बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/०७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ ।
बैंकले यस अवधिमा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो ।
यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेपतर्फ आकर्षक ब्याज प्रदान गरिएको कारण खुद ब्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ ।
आ.व. २०७७/०७८ को बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड (गत वर्ष ९ अर्ब ४५ करोड), कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड (गत वर्ष १० अर्ब ७० करोड), संचालन नाफा ५ अर्ब ९ करोड (गत वर्ष ५ अर्ब ९४ करोड), कूल समग्र आम्दानी ६ अर्ब ३७ करोड (गत वर्ष २ अर्ब ४८ करोड) तथा वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड (गत वर्ष ४४ करोड ७७ लाख) रहेको छ ।
यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा बैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।
२०७८ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
आ.व. २०७७/०७८ मा बैैंंकको शेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैंयाले वृद्धि भई ३ खर्ब १० अर्ब पुगेको छ । २०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुँजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी ४१.३२ रहेको छ ।
समीक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...