CG Electronics
IME Life
NIMB

मिलाप फाउण्डेसनद्वारा ललितपुरको उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

NIMB
Himalayan Bank

काठमाडौँ । मिलाप फाउण्डेसनद्वारा ललितपुरको उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शनिबार ललितपुरको गोदावरी–१० चापागाउँमा रहेको श्री उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

शैक्षिक सामाग्री वितरणका लागि राष्ट्रखबर र कार्यक्रम व्यवस्थापन संघ काठमाडौंले सहकार्य गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर दुलालको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा १० नं. वडाका सदस्य एवम् विद्यालय व्यवस्थापन समिति चन्द्रप्रसाद न्यौपाने, प्रधानाध्यापक हरिप्रसाद काफ्ले, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष लबबहादुर कार्की, युवा व्यवसायी सन्तोष रिमालको आतिथ्यतामा शैक्षिक सामाग्री वितरण गरिएको थियो । स्कुलका ६० जना विद्यार्थीलाई ब्याग, कपि पेन्सिल, मास्कलगायतका सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा अतिथिहरूले आयोजकलाई धन्यवाद दिदै आउदा दिनमा पनि यस्तै यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँहरूले अहिलेको यस्तो विषम परिस्थितित कारोना कहरकाबीचमा पनि मिलापले गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले विगतमा पनि स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरणलगायत अन्य सामाजिक कार्यगर्दै आएको बताउँदै शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा साथ सहयोग पु¥याउने सबैलाई धन्यावाद दिनुभयो । उहाँले आउँदा दिनहरूमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने बताउनुभयो ।

गीताले फाउण्डेसनले सामाजिक कार्य गर्दै आएको बताउँदै, अब यसलाई अझ विस्तृत रुपमा लैजान आफूहरूले तयारी गरिरहेको जनाकारी गराउनुभयो । कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेलले समाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो ।

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...