IME Life
NIMB

क्षेत्रीय शान्ति र बिकासको लागी सार्कलाइ क्रियाशील बनाउनु पर्छ : एकनाथ ढकाल

NIMB
Himalayan Bank

काठमाण्डौ । गत शूक्रबार भारत भ्रमणमा गएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल चार दिने भारत भ्रमण पुरा गरी आज स्वदेश फकिएका छने ।

अध्यक्ष ढकाल भारतमा रहदाँ भारतका विभिन्न राजनैतिक नेताहरु तथा सरकारका उच्च ओहोदाका व्यक्तित्वहरुसँग भेटि नेपालको बिकासमा सहयोग गर्न आग्रह गरेका छन् ।  अध्यक्ष ढकालले नेताहरु संगको संबादमा नेपालको संबेदनशिलतालाइ मनन गरि एक असल र बिशाल छिमेकीको रुपमा भारतको थप सहयोग र सदभाब नेपालको अपेक्षा गरेको बताउँर्द पछिल्लो समय कोभिड –१९ बिरुद्धको नेपालको लडाईमा सहयोग गरेकोमा भारतीय सरकार तथा जनताप्रति आभार ब्यक्त गरेका छन् ।

 


पूर्वमन्त्री ढकालले सार्क लाई क्रियाशील गर्नु पर्ने, क्षेत्रीय शान्ति, सुरक्षा र बिकासको लागी उच्च स्तरीय समझदारी हुनुपर्ने लगाएतका धारणाहरु राख्नु भएको ढकालको सचिवालयले जनाएको छ ।   भेटमा भारतीय नेताहरुले नेपाल संगको मित्रता अतुलनिय रहेको भन्दै एक–अर्काका सम्बेदनशिलतालाई बुझी मित्रता थप प्रगाड बनाउनु पर्ने बताएका थिए ।

अध्यक्ष ढकालले पूर्व उप–राष्ट्रपति हमिद अन्सारी, भारत सरकारका कानुन तथा न्याय केन्द्रिय मन्त्री कीरेन रिजिजु, परराष्ट्र राज्य मन्त्री डा राजकुमार रंजन सिंह, केन्द्रिय राज्यमन्त्री रामेश्वर तेली, बिजेपिका पूर्व महासचिव तथा आरएसएस का राष्ट्रिय कार्यकारिणी राम मानव, कांग्रेस नेता मनिशंकर एयर, बिजेपी नेता बिजय जोली, सांसद भुवनेश्वर कालिता, आम आदमी पाटिका बिधायक अजय दत्त लगाएतका नेताहरुसंग छुट्टा छुट्टै छलफल गरेको भ्रमणमा सहभागि परिवार दलका प्रबक्ता सन्तोष पौडेलले दिए । नेता ढकालको भ्रमणले दुई मित्रराष्ट्रका नागरिक बिचको सम्बन्ध थप मजबुत बनाउन सफल रहेको ढकालको सचिवालयले जनाएको छ ।

अध्यक्ष ढकालले  इंडिया इन्टरनेश्नल सेन्टर, दिल्लीमा आयोजित “इन्डो–प्यासिफिक क्षेत्रको शान्ति र  बिकासका चुनौती“ बिषयक अन्तरक्रियामा बोल्दै दक्षिण तथा पुर्बी एशियामा बिकसित घटनाक्रमको बारेमा गम्भीर विश्लेषण आबस्यक रहेको बताए । उनले म्यान्मारमा नागरिक सरकारको पुनर्बहाली गर्न तथा अफगानिस्तानमा शान्ति र मेलमिलापको खांतिर सार्क लाइ क्रियाशील बनाउनुको साथै भारतले बिशेष भूमिका खेल्नु पर्ने धारणा राखे ।

ढकालले क्षेत्रीय शान्ति र बिकासको लागी सरकार, नागरिक समाज र निजि क्षेत्रको भरपर्दो सहकार्यमा जोड दिनुपर्ने बताए ।  सोही कार्यक्रममा पूर्वमन्त्री मनीशंकर एयरले नेपाल लगाएत छिमेकि मित्रराष्ट्र प्रति भारतको पछिल्लो नीति मित्रता र बिश्वाश अभिबृद्धि गर्न असफल रहेको बताए ।

बिजेपी नेता तथा सांसद भुवनेश्वर कलिता, म्यानमार र अफगानिस्तानको लागी पूर्व भारतीय राजदुत गौतम मुखोपड्याय र राजिव भटिया, दिल्लीका बिधायक अजय दत्त, परराष्ट्र विज्ञ प्रोफेशर महेन्द्र पी लामा, पूर्व राजदुतहरु  योगेन्द्र कुमार तथा केभी राजन, पूर्व मेजर जेनेरल अशोक मेहता लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।
युपिएफ र आइआइपिपि बीच सम्झौतामा हस्ताक्षर

यसै बीच अध्यक्ष ढकालको भारत भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा आबद्दता प्राप्त सस्था युनिभर्सल पीस फेडेरेसन  र  इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका बिचमा बिज्ञ समुह २०२२ लक्ष्य प्राप्तीको लागि एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

युनिभर्सल पीस फेडेरेसन एशिया प्रशान्त क्षेत्रका अध्यक्ष समेत रहेका ढकाल तथा इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीकाका संस्थापक निर्देशक श्री केसी. सुन्दरमका बिचमा  बिज्ञ समुह २०२२ लक्ष्य लाई समर्थन गर्ने सहमति पत्रमा सेम्टेम्बर ५ मा  हस्ताक्षर भएको हो । दुवै हस्ताक्षरकर्ताहरूले एशिया प्रशान्त क्षेत्र तथा विश्वमा शान्ति, सुरक्षा तथा विकासको कार्यलाई बढावा दिने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

एशिया प्रशान्त क्षेत्र तथा बिश्वमा शान्ति तथा समझदारीलाई बढावा दिन दुई संगठनहरूका बिचमा सहकार्य  गर्ने तथा  बिद्धता आदान प्रदान गर्ने प्रतिबद्दता समजदारी हस्ताक्षर कार्यक्रममा ब्यक्त गरियो ।

सोही अवसरमा भारत सरकारका बिदेश राज्य मन्त्री मानानीय डा. राज कुमार रन्जन ,राज्य सभाको सान्सद मानानीय भुबनेश्वोर कालिता ,नेपालका लागि पूर्व भारतीय राजदूत के. भि. राजन्, भारतिय जनता पार्ट्रीका नेता बिजय जोली, सुरक्षा विज्ञ प्रा. डा. महेन्द्र लामा लगायत बिशिस्ट ब्यक्तित्वहरुको रहेको थियो ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...