CG Electronics
IME Life
NIMB

सेयर बजारको पहिरो थामिएन, यी हुन् धेरै मूल्य घट्ने ५ कम्पनी

NIMB
Himalayan Bank
सेयर बजारको पहिरो थामिएन, यी हुन् धेरै मूल्य घट्ने ५ कम्पनी सेयर बजारमा पहिरो जाने क्रम जारी छ । यससाता आइतबार १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले कमब्याक गरे पनि त्यसयता फेरि ओरालो लागेको हो । पछिल्ला दुई दिनमै नेप्से १०५ अंकले घटेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि शुरु भएको नेप्सेको ओरालो यात्रा अझै जारी रहेको हो । पछिल्ला ३ सातामा मात्रै नेप्से करिब साढे ३ अंकले घटिसकेको छ । सूचकसँगै कारोबार रकममा पनि दैनिक गिरावट आएको छ ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकम १ अर्बले घटेर साढे ६ अर्बमा सीमित भएको छ । आज सेयर बजार मापक सूचक नेप्से ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् ।
फाइनान्स समूह सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ । यस्तै, अन्य समूहको परिसूचक पनि ३.२३ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १७८ कम्पनीको मूल्यमा गिरावट आएको छ ।
९ कम्पनीको मूल्य स्थिर रहेको छ । आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
यस्तै, अरुण भ्याली साढे २४ करोड र स्वरोजगार लघुवित्त २४ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे । उच्च अंकले घटेको बजारमा आज लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै ६.०६ प्रतिशतले घटेको छ ।
यसैगरी, गुडविल फाइनान्स, एनआइबीएल समृद्धि १ फण्ड, सिभिल लघुवित्त र गुह्येश्वरी मर्चेन्टको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ । घट्दो बजारमा पनि आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...