CG Electronics
IME Life
NIMB

२ अर्ब ६५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

NIMB
Himalayan Bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा साढे २ अर्ब बढी लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको २ अर्ब ६५ करोड रुपैयाँ मुद्दतीमा लगानी गर्ने भएको हो ।

बैंकले बुधबार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७८ असोज १ गतेदेखि २०७९ असोज १ गतेसम्मका लागि लगानी गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका कम्पनीहरुका लागि बैंकले निक्षेपमा राख्ने रकम छुट्याएको छ ।बैंकले क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब १२ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३९ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १३ करोड २६ लाख रुपैयाँ गरी कूल २ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले भदौ २५ गते अपराह्न ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।

यसको लागि सम्बन्धित बैंकले निश्चित शर्तहरु पालना गर्नुपर्ने पनि बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन भएको कम्तीमा २ वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम् पूँजीकोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको, कुनैपनि प्रकारको कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको र सर्वसाधारणमा सेयर जारी गरेका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने छन् ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...