CG Electronics
IME Life
NIMB

राष्ट्र बैङ्क र नेप्सेको चेपुवामा यसरी अड्कियो सेयर बजार, कसको चलखेलले कहाँ लगायो चुक्ली ?

NIMB
Himalayan Bank

पछिल्लो समय नेपाली राजनीतिमा उतारचढाव आइरहँदा धितोपत्र बजार (सेयर मार्केट) मा पनि ठुलो तरङ्ग आएको छ । कारण झण्डै ३५ सय बिन्दु हाराहारी पुग्न लागिसकेको नेप्से एकाएक ओरालो लागिरहेको छ । यसले नै बजारमा तरङ्ग ल्याएको हो । यसको सम्पूर्ण दोष राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिमा खन्याइएको छ ।

राष्ट्र बैङ्कले गत साउन २९ गते आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । जुन नीतिमार्फत बैङ्कले धितोपत्र बजारलाई समेत प्रभाव पार्ने गरी पहिलोपटक धितोपत्र (सेयर) धितो कर्जामा अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरेको थियो । मौद्रिक नीतिमार्फत गरिएको सोही व्यवस्थाका कारण नै अहिले बजार घटेको भन्दै लगानीकर्ताहरूले राष्ट्र बैङ्कमाथि धारेहात लगाइरहेका छन् । तर, राष्ट्र बैङ्क यो मान्न तयार छैन ।

‘नियामक निकाय राष्ट्र बैङ्कले कुनै एक क्षेत्रलाई हेरेर निर्णय गर्ने वा नीति बनाउने काम गर्दैन, समग्र वित्तीय क्षेत्रलाई नै हेरेर बनाउँछ । यसमा कसले के भन्छ र के गर्छ, हाम्रो सरोकारको विषय भएन । तर, यसैलाई लिएर राष्ट्र बैङ्कले लिएको समग्र अर्थ नीतिलाई दोष दिनुको कुनै तुक छैन । सेयर बजारको जिम्मा हामी लिन सक्दैनौँ,’ राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले भने ।

त्यसो त गत साउन २९ गते शुक्रबार केन्द्रीय बैङ्कले मौद्रिक नीति सार्वजनिक गरेलगत्तै साउन ३१ गते खुलेको बजारमा अधिकतम २४.५७ अङ्कको गिरावट आएको थियो । अघिल्लो दिन अर्थात् मौद्रिक नीति आउनु पूर्वमात्र ३१ सय ७९ बिन्दुमा रहेको बजार चौथो दिनमै ३१ सय ५४ बिन्दुमा झर्न पुग्यो ।
तर, राष्ट्र बैङ्कका प्रवक्ता ढकाल भन्छन्, ‘हामीले सेयर बजारलाई मात्र हेरेर नीति बनाउने होइन, मुलुकको समग्र अर्थतन्त्रलाई हेरेर नीति बनाउने हो । यसमा कुन क्षेत्रको उत्थान जरुरी छ, के मा लगानी आवश्यक छ, त्यसमा बैङ्कले ध्यान दिने हो । अहिलेको आवश्यकता भनेको लघु, घरेलु तथा साना उद्योग, मझौला व्यवसायीहरू र उनीहरूको उत्थान हो । यसैले मुलुकको अर्थतन्त्र माथि उठाउने हो । अहिले बैङ्क यिनै क्षेत्रको उत्थानमा केन्द्रित भएको छ । यो वा त्यो अरू हामी जान्दैनौँ,’ ढकालले भने ।

सेयर बजार विज्ञसमेत कहलिएका लगानीकर्ता छोटेलाल रौनियार सेयर बजार घट्नुको मुख्य दोषी राष्ट्र बैङ्क नै भएको दाबी गर्छन् । लगानीको सिलिङ ४–५ करोड भन्दै बैङ्कले तोक्नु नै गलत भएको उनको बुझाइ छ ।

‘अहिलेको समयमा बढीभन्दा बढी झण्डै मासिक एक अर्ब ५० करोड रुपैयाँ हाराहारीमा कर बुझाउने ३५ लाख लगानीकर्ताहरू संलग्न रहेको सेयर बजारमा सोचविचार बिनै एक्कासि निर्णय गर्नु बैङ्कको भूल हो । बैङ्कबाट मौद्रिक नीतिको नामा जुन नीति आयो, यसबाट हामी आम लगानीकर्ताहरू चकित भएका छौँ । राष्ट्र बैङ्कजस्तो जिम्मेवार निकायबाटै यस्तो गल्ती हुन्छ भने कहाँ जाने ? यो नियोजित षडयन्त्र नै हो,’ रौनियारले भने, ‘पहिलोपटक धितोपत्र बोर्डले अनावश्यक फन्डा गरेर सेयर बजारलाई प्रभावित पा¥यो, अहिले फेरि राष्ट्र बैङ्कले । के सेयर बजार चाहिँ बढ्नै नहुने ?’ रौनियारले प्रतिप्रश्न गरे ।

यतिखेर सेयर बजार घट्नुमा मुख्य दोषी राष्ट्र बैङ्क नै रहेको आम लगानीकर्ताहरूले आरोप लगाइरहेपनि मुख्य कुरा बजार केही सीमित व्यक्तिहरूले चलाइरहेको तथ्य लुक्न सकेको छैन । जुन तथ्य धितोपत्र कारोबार गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समेत स्वीकारेको छ ।

बजार केही सीमित व्यक्तिहरूको हालमा रहेको र तिनले नै चलखेल गर्दा प्रभावित हुन पुगेको नेप्से स्रोतको भनाइ छ । यो नेप्सेको नियन्त्रण बाहिर रहेको समेत स्रोत बताउँछ ।

सेयर बजार गिरावटलाई लिएर राष्ट्र बैङ्क र लगानीकर्ताहरूबीच आरोप–प्रत्यारोप चलिरहेकै बेला यता नियामक निकाय निकाय धितोपत्र बोर्ड (सेबोन) भने यो मामिलामा खुलेर बोल्न चाहिरहेको छैन । त्यसो त हाल नेतृत्व विहीन अवस्थामा रहेको बोर्डमा प्रवक्तासमेत रहेका कार्यकारी निर्देशक नीरज गिरी अहिले बोर्डले बजारको वास्तविकता सूक्ष्म रूपले अध्ययन गरिरहेको बताउँछन् ।

‘अहिले धितोपत्र बजारमा के भइरहेको छ, त्यो अध्ययनकै विषय छ । के भइरहेको छ र के ले गर्दा बजार यसरी घटिरहेको छ, हामीले अध्ययन गरिरहेका छौँ । बोर्डले हालैमात्र सानो अध्ययन समिति बनाएको छ । समितिको प्रतिवेदन आएपछि के भएको हो, भन्न सकिन्छ । तर, अहिले नै यसै भएको भन्न सकिने अवस्था छैन,’ गिरीले भने ।

राष्ट्र बैङ्कका अनुसार हालसम्म ठुला लगानीकर्तामध्ये धितोपत्र धितो राखेर ऋण लिनेमा करिब डेढ सय लगानीकर्ताहरू मात्र छन् ।

बैङ्कका अनुसार सबै बैङ्क तथा वित्तीय संस्थाबाट गरी १२ करोड रुपैयाँ माथिको सेयर धितोमा ऋण लिनेको सङ्ख्या जम्मा १६२ जना मात्र छ । यी मध्ये पनि चार करोड रुपैयाँ माथि ऋण लिने ६३६ जनामात्र छन् ।

यसरी सेयर धितोमा ऋण लिने जम्मा ऋणीको सङ्ख्या ७९८ जना मात्र छन् । तर, यसले नै बजार प्रभावित भयो भन्नु गलत रहेको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् ।

केन्द्रीय बैङ्कले ल्याएको नीतिकै कारण सेयर बजारमा गिरावट आएको भन्दै लगानीकर्ताहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा नै मागे । अझ अघि बढेर सोमबार उनीहरूले आन्दोलन नै गरे ।

लगानीकर्ताहरू आन्दोलनमा उत्रन लागेको खबर पाएपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पुँजीबजारमा देखिएका समस्या समाधान गर्न गभर्नर अधिकारीलाई निर्देशन दिए ।

सो दिनको कारोबार सुरु हुनुअघि अर्थमन्त्री–गभर्नर टेलिफोन वार्ता भएको र सेयर धितो कर्जाको प्रावधान हटाउने केन्द्रीय बैङ्कले जवाफ दिएको खबर सार्वजनिक भयो । सोही खबरलाई भजाउँदै सेयर बजारमा चलखेल गर्नेहरूले फेरि खेल सुरु गरे । नतिजा ः सो दिन नेप्से परिसूचक १६१.९४ अङ्कले बाउन्स ब्याक भयो ।

 

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...