ime long ad

आज पाथिभारा माताको दर्शनसँगै भदौ २७ गतेको राशिफल हेर्नुहोस्


वि.सं.२०७८ साल भदौ २७ गते । आइतबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–षष्ठी, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–विसाखा, दिउसो ०१ बजेर ०६ मिनेट उप्रान्त अनुराधा । योग– वैधृति, दिउसो ०३ बजेर ४५ मिनेट उप्रान्त विष्कुम्भ । करण– कौलव, बिहान ०८ बजेर ५१ मिनेट उप्रान्त तैतिल, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला, बिहान ०७ बजेर ३० मिनेट उप्रान्त वृश्चिक ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १० मिनेट । दिनमान ३० घडी ५७ पला । सूर्यषष्ठी ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन् । भौतिक तथा विलासी वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ ।

मिमिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । आफन्त तथा मावलीको साथ पाइने हुनाले दैनिकी थप सहज हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो तथा रमाइलो आन्तरिक यात्राको तय हुनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पती पत्नी बीचको सम्वन्धमा प्रगाढता बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ । पुराना आर्थिक मुद्दाहरू हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा तथा सामाजिक काम गरी अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रूपमा सबल होइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । घरायसी कुरामा आफन्तहरू बिच मनमुटाब सिर्जना हुनेछ भने माया प्रेममा खटपट हुने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामहरूबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुसी रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साङ्गीतिक माहौलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी तथा प्रशासनिक कामहरू सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा वृद्धि भएर जानेछ ।


आज पाथिभारा माताको दर्शनसँगै भदौ २९ गतेको राशिफल हेर्नुहोस्

आज पाथिभारा माताको दर्शनसँगै भदौ २९ गतेको...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०७:५१

वि.सं.२०७८ साल भदौ २९ गते । मंगलबार । ईश्वी सन्...

आज पाथिभारा माताको दर्शनसँगै भदौ २५ गतेको राशिफल हेर्नुहोस्

आज पाथिभारा माताको दर्शनसँगै भदौ २५ गतेको...

वि.सं.२०७८ भदौ २५ शुक्रवार १९:५८

वि.सं.२०७८ साल भदौ २५ गते । शुक्रबार । ईश्वी सन्...

आज पाथिभारा माताको दर्शनसँगै भदौ २४ गतेको राशिफल हेर्नुहोस्

आज पाथिभारा माताको दर्शनसँगै भदौ २४ गतेको...

वि.सं.२०७८ भदौ २४ बिहीवार १०:१०

वि.सं.२०७८ साल भदौ २४ गते । बिहीबार । ईश्वी सन्...

आज पाथिभारा माताको दर्शनसँगै भदौ २३ गतेको राशिफल हेर्नुहोस्

आज पाथिभारा माताको दर्शनसँगै भदौ २३ गतेको...

वि.सं.२०७८ भदौ २३ बुधवार ०८:०९

वि.सं.२०७८ साल भदौ २३ गते । बुधबार । ईश्वी सन्...

आजकाे राशिफलमा कस्तो रहनेछ तपाईंको दिन ?

आजकाे राशिफलमा कस्तो रहनेछ तपाईंको दिन ?

वि.सं.२०७८ भदौ २२ मंगलवार ०९:३८

  वि.सं.२०७८ साल भदौ २२ गते । मंगलबार । ईश्वी...

आज पाथिभारा माताको दर्शनसँगै भदौ २१ गतेको राशिफल हेर्नुहोस्

आज पाथिभारा माताको दर्शनसँगै भदौ २१ गतेको...

वि.सं.२०७८ भदौ २१ सोमवार ०८:५२

वि.सं.२०७८ साल भदौ २१ गते । सोमबार । ईश्वी सन्...