IME Life
NIMB

’निसान लिफ’अब काठमाडौंमा टेस्ट ड्राइभ गर्दा जित्नुहोस् उपहार

NIMB
Himalayan Bank

काठमाडौं । निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतिय बाहन ’निसान लिफ’ अब काठमाडौंमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ ।

नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक विक्रेता ’पायोनीयर मोटो कर्प’ ले निसान लिफ को टेस्ट ड्राइभको लागि यहि भदौ २८ गते देखि असोज ४ गते सम्म ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ संचालन गर्न गइरहेको छ ।

यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मुल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कुरा कम्पनीले जानकारी दिएको छ । यो टेस्ट ड्राइभ सप्ताह यहि भाद्र २८ गते देखि असोज ४ गतेसम्म निसान कम्पनीको काठमाडौँमा रहेको ९थापाथली तथा उत्तर ढोका० शोरूममा बिहान १० बजे देखि सुरु हुनेछ ।

नेपाल भित्रिनुभन्दा पहिले नै यो गाडीको विश्वभर १० वर्षभन्दा बढी परीक्षण भैसकेको छ । यस अवधिमा विश्वमा ५ लाखभन्दा बढी निसान लिफ बिक्रि भैसकेको छ भने निसान लिफले विश्वभर १२ अर्ब किलोमीटरको यात्रा तय गरिसकेको छ ।

निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु ९ए।बी।यस , इ।बी।डी तथा बी।ए० ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको कम्पनीले जानकारी दिएको छ । यस गाडीको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेण्टी प्रदान गरिरहेको छ ।

निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किमि सम्मको दुरी तय गर्न सक्छ । यसको इलेक्ट्रिक मोटरले १५० पी एस र ३२० एन एम टोर्क प्रधान गर्दछ । त्यस्तै गरी निसान लिफ ० देखि १०० किमिरघण्टा ७।५ सेकेन्ड मा जान सक्छ र यसको अधिकतम गति १४० कि मिरघण्टा रहेको छ ।

नेपालमा एउटा अत्याधुनिक तथा वातावरण मैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ ५९।९९ लाखमा उपलब्ध गराइरहेकोे छ ।

 

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १०...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५९

  काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय गाडी बजारमा बढ्दै चर्चा

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४०

  काठमाडौं । नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै चेरी...