CG Electronics
IME Life
NIMB

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

NIMB
Himalayan Bank

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ ।

दसैँलाई लक्षित गर्दै राष्ट्र बैंकले बैंकहरूमा नयाँ नोट सर्कुलेसन सुरु गरिसकेको र असोज ४ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए ।

यस वर्ष सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्मको सटही सुविधा उपलब्ध गराउने उनले बताए । प्रतिव्यक्ति पाँच, १०, २०, ५० र १०० दरका नोटहरू मिलाएर अधिकतम १८ हजार ५०० रुपैयाँसम्म उपलब्ध गराइने उनले जानकारी दिए । असोज ४ देखि नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र सातवटै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट सटही गर्न सकिने उनले बताए ।

यसबाहेक कोभिड–१९ को समयमा भिडभाड कम होस् भनेर वाणिज्य बैंकहरूबाट पनि आफ्ना ग्राहकलाई नयाँ नोट साट्ने व्यवस्था मिलाइएको उनले बताए । “सबै वाणिज्य बैंकलाई आफ्ना ग्राहकलाई नयाँ नोट साट्न निर्देशन दिएका छौँ,” नेपालले भने, “सबै वाणिज्य बैंकलाई काठमाडौं उपत्यकामा कम्तीमा १० वटा शाखाबाट नयाँ नोट सटही सुविधा उपलब्ध गराउन पत्राचार गरेका छौँ ।”

वाणिज्य बैंकहरूले नयाँ नोट सटहीको लागि एक चरण बैंकहरूलाई उपलब्ध गराइसकेको र सटही गर्दा नपुगेमा पुनः राष्ट्र बैंकबाट उपलब्ध गराइने उनले जानकारी दिए । अहिले राष्ट्र बैंकमा ठूला र साना दरका गरी २०० अर्ब नयाँ नोट रहेको उनले बताए ।

“विगतमा चार्डपर्व लक्षित गर्दै साना दर (५ देखि १००) रुपैयाँसम्मको १० देखि १२ अर्ब र ठूला दरको (५०० र १००० रुपैयाँ)को २५ देखि ३० अर्ब नयाँ नोट सटही हुने गरेको थियो,” उनले भने, “यो वर्ष पनि त्यसैलाई आधार मानेर ४० अर्बको हाराहारीमा नयाँ नोट बजारमा सर्कुलेसन हुने अनुमान छ, जसमध्ये साना दरका करिब चार अर्बको नयाँ नोट बैंकहरूमा पठाइसकेका छौँ ।”

विशेषगरी दसैँसम्म नयाँ नोटको माग हुने भएकोले कति नयाँ नोट बजारमा गयो भन्ने अन्तिममा मात्रै यकिन विवरण आउने उनले बताए । दान–दक्षिणाका लागि मात्रै नभएर दसैँमा तलब–भत्ताको लागि पनि ठूला दरका नयाँ नोट बजारमा जाने भएकोले यो बेलामा बजारमा बढी नै नोट प्रवाह हुने उनले बताए ।

राष्ट्र बैंकले विगतदेखि नै दसैँमा नयाँ नोट साट्दै आएको छ । तर, पछिल्लो केही वर्षयता भने दसैँलाई लक्षित गर्दै नयाँ नोट साट्ने र दसैँ–तिहारलगायत चार्डपर्वमा नयाँ नोटमा पूजा गर्ने तथा रङ लगाउने गर्दा नोटको आयु घटेको भन्दै नयाँ नोट सटहीमा रोक लगाउनुपर्ने आवाज पनि उठिरहेको छ । नयाँ नोटमा रङ लगाउँदा त्यसको आयु घट्ने र नोटको आयु घट्दा नोट छपाइ खर्च बढ्ने गर्छ । नोट छपाइ खर्च बढ्नु भनेको राज्यकोषमाथि आर्थिक भार बढ्नु हो ।

राष्ट्र बैंकले नोटमा पूजा गर्न नहुने भन्दै पण्डित–पुरोहितलाई बोलाएर छलफल र चेतनामूलक कार्य गररिरहेको भए पनि त्यो प्रभावकारी हुन नसेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नेपाल स्वीकार गर्छन् ।

पछिल्लो समय मोबाइल वालेट सेवा प्रदायक र त्यसको प्रयोगकर्ता बढ्दै गएको अवस्थामा अब डिजिटल दक्षिणालाई प्रोत्साहन गर्नुपर्ने बहस पनि भइरहेको छ । केही बैंकहरूले त विगतदेखि नै दसैँमा डिजिटल दक्षिणालाई प्रोत्साहन गर्न उपहार योजना पनि ल्याइरहेका छन् ।

तर, बैंक तथा वित्तीय संस्थाले इनिसियन लिएर केही दिनको लागि दिएको प्रोत्साहन भन्दा पनि यसको लागि राज्यले नै इनिसिएसन लिएर प्रोत्साहन गर्नुपर्ने बैंकहरू बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल नागरिकको हातहातमा मोबाइल र मोबाइल बैंकिङ पुगिसकेको अवस्थामा अब चाडपर्वमा नयाँ नोट वितरण गर्ने भन्दा पनि डिजिटल दक्षिणालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिन्छन् ।

“नोटको किन झन्झट गर्ने सबैको हातहातमा मोबाइल छँदै छ । नोट च्यातिने, रङ लाग्ने, राख्ने ठाउँ चाहिने झन्झट गर्नुभन्दा खाताबाट रकमान्तर गर्न मिलिहाल्छ, किन नोटको झन्झट गर्ने,” उनले भने, “बैंकहरूले विगतदेखि नै दसैँलाई लक्षित गर्दै डिजिटल दक्षिणा योजना ल्याइरहेका छन्, यसलाई पोलिसी तहबाट थप प्रोत्साहन गर्न आवश्यक छ ।”

राष्ट्र बैंककै कार्यकारी निर्देशक नेपाल पनि प्रोत्साहन नभए डिजिटल दक्षिणा प्रभावकारी नहुने बताउँछन् । “डिजिटल दक्षिणाको लागि प्रोत्साहन नीति आवश्यक पर्छ, डिजिटल दक्षिणा दिँदा सर्वसाधारणलाई क्यास ब्याक हुने हो भने प्रोत्साहन हुनसक्छ,” उनले भने, “यसको लागि सरकारले नै अग्रसरता लिनुपर्छ । सरकार र राष्ट्र बैंक समन्वय गर्ने र यसमा सेवा प्रदायकलाई पनि साथ लिन आवश्यक छ ।”

उनले भनेजस्तै राज्यले नै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न केही गर्ने नीति लिन हो भने नोटको प्रयोग घट्ने हुन्छ । नोट छपाइमा लाग्दै आएको खर्च डिजिटल कारोबार प्रोत्साहनमा खर्च गर्न सकिन्छ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...