nic bank
himalayan everesat
Nmb bank

दशैं नजिकिए सँगै विराटनगरदेखि काठमाडौं चल्ने ‘बुलेट एसी’ बस संचालनमा,बस भित्रै शौचालयको सुविधा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । दशैं नजिकिए सँगै विराटनगरदेखि काठमाडौं चल्ने ‘बुलेट एसी’ बस संचालनमा आएको छ । विराटनगर सहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बसले सेवा दिने संचालक सरोज न्यौपाने र उमेश खड्काले बताएका छन् ।

बुलेट बस प्रा।लि।मार्फत हाल सातवटा बस संचालनमा आएका छन् । विराटनगर–काठमाडौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस संचालनमा आएका हो । बुलेट एसीले देशभरका सात सहरका लागि काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको छ । विराटनगर–काठमाडौंको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार ५०० रुपैयाँ कायम गरिएको छ ।

भाइकिङ्ग बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ । यसका सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउने छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ । किट उपलब्ध गराए वापत यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन । किटमा पानी, ग्लोब्स, मास्क र केहि रुघाखोकी लाग्दा सेवन गर्ने औषधीहरु समावेश गरिने छ ।

 

१० करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी गरिएको छ । यात्राको लागि यात्रुले अनलाईन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने ब्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समुहले २७ सिटर बस २र१ सोफा लक्जरि सिट सहितको बसहरु संचालनको तयारी समेत गरेको छ । त्यसमा भने शौचालयको सुविधा बस भित्रै हुनेछ ।

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१४

  नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...

होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

वि.सं.२०८१ वैशाख २ आइतवार ०३:४७

  होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता...

त्रिवेणी मोटोकर्पले नेपाली बजारमा भित्रायो बिधुतिय प्यासेन्जर भेइकल र कार्गो भ्यान

त्रिवेणी मोटोकर्पले नेपाली बजारमा भित्रायो बिधुतिय प्यासेन्जर...

वि.सं.२०८० चैत २९ बिहीवार १९:३९

भेइकल र कार्गो भ्यानका रुपमा दुईवटा विधुतीय गाडी भित्राएको छ...

‘टोयोटा विमन्स मोटर र्‍याली २०२४’ वैशाख ८ गते आयोजना गर्दै

‘टोयोटा विमन्स मोटर र्‍याली २०२४’ वैशाख ८...

वि.सं.२०८० चैत २८ बुधवार २२:५८

टोयोटा गाडीको आधिकारिक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा विमन्स मोटर...