CG Electronics
IME Life
NIMB

सेयर बजारमा तेहेरो अंकको वृद्धि हुँदा यी २० कम्पनीको मूल्यमा लाग्यो पोजेटिभ सर्किट

NIMB
Himalayan Bank

सेयर बजारमा उछाल आएको छ । करिब ५०० अंकको करेक्शनपछि मंगलबारदेखि उकालो लागेको बजारमा आज तेहेरो अंकले बढेको हो ।

नेप्सेमा आज झन्डै १०५ अंकले बढेको छ । नेप्सै एकैदिन १०० बढी अंकले बढेको इतिहासमै दोस्रो पटक पटक हो । यसअघि भदौ २१ गते सर्वाधिक १६२ अंकले बढेको थियो ।

विकास बैंक, हाइड्रोपावर र फाइनान्स समूहको सेयरमा उछाल आउँदा नेप्सेमा तेहेरो अंकको वृद्धि आएको हो । सूचकमा उच्च अकंको वृद्धि आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै सवा १ अर्बले घटेर ६ अर्बमा सीमित भएको छ ।

बुधबार सेयर बजार मापक सूचक नेप्से १०४।८८ अंकले बढेर २८१६।९५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१७ कम्पनीको ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँ बराबरको १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ८।५४ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक ७।७४ प्रतिश, हाइड्रोपावर ५।५७ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका २१७ कम्पनीमध्ये २०७ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रो १८ र आरएमडीसी लघुवित्त १७ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

तेहेरो अंकले बढेको बजारमा आज २० कम्पनीको मूलयमा पोजेटिभ सर्किट लागेको छ । प्रिमियर इन्स्योरेन्स, बेस्ट, गुह्येश्वरी, आइसीएफसी, मल्टिप्रपोज, रिलायन्स फाइनानस, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, दिव्यश्वरी हाइड्रोपावर, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा र लिबर्टी इनर्जीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्ट, पञ्चकन्यामाइ हाइड्रोपावर, माउन्टेन हाइड्रो, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन ऊर्जाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । यस्तै, आधादर्जन कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उच्च अंकले बढेको बजारमा आज मञ्जुश्री फाइनान्सका डिबेञ्चरधनीले सबैभन्दा धेरै १।४९ प्रतिशतले बढेको छ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...