CG Electronics
IME Life
NIMB

एनआरएनएलाई सबैको साझा संस्था बनाउँदैं पद्धति र पारदर्शितामा हिंडाउन सचिबमा खगेन्द्र न्यौपानेको उम्मेदवारी

NIMB
Himalayan Bank

काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशनका लागि एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवारी दिएका छन । सरल, इमान्दार र सहयोगी स्वभावका धनी न्यौपाने आफ्नो कर्मथलो मलेसियामा जति प्रख्यात छन् त्यति नै प्रख्यात विश्वभरका गैरआवाशिय नेपालीमा पनि छन् ।

हाल एसिया प्यासिफिक सहसंयोजक भएर सफलताका साथ जिम्मेवारी पुरा गरेका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका छन। संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधपछी सचिव पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए । एनआरएनए मलेसियाको उपाध्यक्ष, आईसीसी सदस्य, अध्यक्ष र हाल एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाईसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा मलेसिया, मध्यपुर्व र कोरियाका श्रमिकका मुद्धालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताए ।
गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलतापुर्वक रुपमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पुग्न नयाँ जिम्मेवारी वहन गर्न सक्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरे । न्यौपानेले अहिलेसम्म सबै साथिहरुको माया, साथ, शुभेच्क्षा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचिवमा पनि अत्याधिक मतले विजयी गराई सफलतालाई निरन्तरता दिन सबै गैरआवासीय नेपालीलाई अपिल गरे ।

एनआरएनएले संचालन गरेका हरेक अभियानमा सबैभन्दा धेरै आर्थिक तथा भौतिक सहयोग गरेका न्यौपाने नेपालमा नाकाबन्दी हुँदा होस् या महाभूकम्पमा यात तराई बाढिपहिरोमा आफै खटिएर सेवा गरेका छन् । गोरखामा बनेको भूकम्पपीडितको लाप्राक नमूना बस्ती, एनआरएनएको कार्यालय निर्माण तथा अन्य बेलाबेलामा आइपर्ने सामाजिक कार्यमा अग्रस्थानमा रहेर न्यौपानेले आर्थिक सहयोग गरिरहेका छन् । एनआरएनएले आयोजना गरेका सबै कार्यक्रममा भौतिक,आर्थिकलगायतका सबै प्रकारका सहयोगमा अग्रसर न्यौपानेले संघप्रतिको आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मूल्यांकन गरि आगामी कार्यकालमा संस्थामार्फत थप सेवा पुर्याउनका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

संघको सचिबमा रहेर ‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डा बोकेर न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेका बताउँछनत् । आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै उनले एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र भईरहेको फोहोरी खेलको गन्धसमेत छिर्न नदिनु नै आफ्नो उम्मेदवारीको प्रमुख उद्देश्य रहेको बताए ।

सचिब पदमा उम्मेदवारी दिंदै न्यौपानेले आफ्ना प्रतिवद्धताहरु पनि सार्बजनिक गरेका छन् । उनको प्रतिवद्धतामा सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रर्वद्धन र विदेशमा नेपाल चिनाउन, एनआरएनमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार तथा राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचानलगायतका विषय रहेको छ । मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा लगानी गरेर सयौंलाई रोजगारी दिएका न्यौपानेले मलेसियासँगै नेपालमा हाईड्रो,ट्राभल्स,रियल स्टेटलगायत क्षेत्रमा लगानी गरेका सफल व्यवसायी हुन । एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्दै टिम कुल आचार्यबाट आइसीसी सचिव पदका उम्मेदवार न्यौपानेको विजय निश्चित देखिएको छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...