nic bank
himalayan everesat
Nmb bank

एनआरएनएलाई सबैको साझा संस्था बनाउँदैं पद्धति र पारदर्शितामा हिंडाउन सचिबमा खगेन्द्र न्यौपानेको उम्मेदवारी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशनका लागि एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवारी दिएका छन । सरल, इमान्दार र सहयोगी स्वभावका धनी न्यौपाने आफ्नो कर्मथलो मलेसियामा जति प्रख्यात छन् त्यति नै प्रख्यात विश्वभरका गैरआवाशिय नेपालीमा पनि छन् ।

हाल एसिया प्यासिफिक सहसंयोजक भएर सफलताका साथ जिम्मेवारी पुरा गरेका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका छन। संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधपछी सचिव पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए । एनआरएनए मलेसियाको उपाध्यक्ष, आईसीसी सदस्य, अध्यक्ष र हाल एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाईसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा मलेसिया, मध्यपुर्व र कोरियाका श्रमिकका मुद्धालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताए ।
गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलतापुर्वक रुपमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पुग्न नयाँ जिम्मेवारी वहन गर्न सक्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरे । न्यौपानेले अहिलेसम्म सबै साथिहरुको माया, साथ, शुभेच्क्षा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचिवमा पनि अत्याधिक मतले विजयी गराई सफलतालाई निरन्तरता दिन सबै गैरआवासीय नेपालीलाई अपिल गरे ।

एनआरएनएले संचालन गरेका हरेक अभियानमा सबैभन्दा धेरै आर्थिक तथा भौतिक सहयोग गरेका न्यौपाने नेपालमा नाकाबन्दी हुँदा होस् या महाभूकम्पमा यात तराई बाढिपहिरोमा आफै खटिएर सेवा गरेका छन् । गोरखामा बनेको भूकम्पपीडितको लाप्राक नमूना बस्ती, एनआरएनएको कार्यालय निर्माण तथा अन्य बेलाबेलामा आइपर्ने सामाजिक कार्यमा अग्रस्थानमा रहेर न्यौपानेले आर्थिक सहयोग गरिरहेका छन् । एनआरएनएले आयोजना गरेका सबै कार्यक्रममा भौतिक,आर्थिकलगायतका सबै प्रकारका सहयोगमा अग्रसर न्यौपानेले संघप्रतिको आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मूल्यांकन गरि आगामी कार्यकालमा संस्थामार्फत थप सेवा पुर्याउनका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

संघको सचिबमा रहेर ‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डा बोकेर न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेका बताउँछनत् । आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै उनले एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र भईरहेको फोहोरी खेलको गन्धसमेत छिर्न नदिनु नै आफ्नो उम्मेदवारीको प्रमुख उद्देश्य रहेको बताए ।

सचिब पदमा उम्मेदवारी दिंदै न्यौपानेले आफ्ना प्रतिवद्धताहरु पनि सार्बजनिक गरेका छन् । उनको प्रतिवद्धतामा सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रर्वद्धन र विदेशमा नेपाल चिनाउन, एनआरएनमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार तथा राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचानलगायतका विषय रहेको छ । मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा लगानी गरेर सयौंलाई रोजगारी दिएका न्यौपानेले मलेसियासँगै नेपालमा हाईड्रो,ट्राभल्स,रियल स्टेटलगायत क्षेत्रमा लगानी गरेका सफल व्यवसायी हुन । एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्दै टिम कुल आचार्यबाट आइसीसी सचिव पदका उम्मेदवार न्यौपानेको विजय निश्चित देखिएको छ ।

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

वि.सं.२०८१ वैशाख १२ बुधवार ००:०९

  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले फ्रान्सको लियोनमा आयोजना...

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

वि.सं.२०८१ वैशाख १२ बुधवार ००:०१

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका...

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:१५

  काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले फ्रान्सको...

पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह

पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने...

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३७

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

नीजि क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गर्नुपर्छ : प्रधानमन्त्री

नीजि क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गर्नुपर्छ :...

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:०७

प्रधानमन्त्री पुष्पकमल दाहालले नीजि क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण...

कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज

कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय...

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:०५

  काठमाडौं । २० घन्टा नेपाल रहनेगरी काठमाडौं उत्रिएका कतारका...