CG Electronics
IME Life
Ncell NPL

अब यी शर्त पूरा गरेका हाइड्रोपावरले मात्र हकप्रद जारी गर्न पाउने, निर्देशिकामा के-के छ ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

विद्युत् नियमन आयोगले जलविद्युत् आयोजना निर्माण गरिरहेका प्रवद्र्धकलाई सहज हुने गरी हकप्रद सेयर विक्रीका लागि नयाँ प्रबन्ध गरेको छ ।
आयोगले ‘विद्युत्सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै हकप्रद सेयरका सम्बन्धमा नयाँ बन्दोबस्ती गरेको हो ।

आयोगले हालै स्वीकृत गरेको उक्त निर्देशिकाअनुसार हकप्रद सेयरका सम्बन्धमा उदार नीति लिएको हो । आयोगले यस निर्णयले केही विकृति ल्याउनसक्ने आशङ्का यसअघि नै प्रकट भएको थियो ।

आयोगले कम्पनीले आफू मुख्य कम्पनीको हैसियतमा ५१ प्रतिशत वा सोभन्दा बढी सेयर रहने गरी आफ्नो मातहतको आयोजना वा सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणका लागि संस्थागत लगानी गर्न हकप्रद सेयर विक्री गर्न पाउने भएका छन् ।

अनुमति प्राप्त कम्पनीले निर्माण गरिरहेका वा गर्न गइरहेको आयोजनामा ५० प्रतिशतभन्दा कम सेयर लगानी गर्ने प्रयोजनका लागि हकप्रद सेयर विक्री गर्न सक्ने भएको तर त्यसरी हकप्रद सेयर विक्री गर्दा आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएको हुनुपर्नेछ ।

निर्देशिकाअनुसार हकप्रद सेयरको निष्कासनका लागि आवेदन दिँदा सहायक कम्पनीमा रहने मुख्य कम्पनी र अन्य सेयरधनीको कति कति प्रतिशत हेयर कायम रहने हो, त्यससम्बन्धी विवरणसमेत भर्नुपर्नेछ ।

यसअघि सेयर विक्री गरिसकेको जलविद्युत् कम्पनीले ५१ प्रतिशत वा सोभन्दा बढी सेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणका लागि संस्थागत लगानी गर्न हकप्रद सेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ ।

यस्ता आयोजनामा बढीमा २०० प्रतिशतसम्म वा कायम रहेको पूँजीको १ बराबर २ को अनुपातमा हकप्रद निष्कासन गर्न सकिने व्यवस्था निर्देशिकामा गरिएको छ ।

आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएका कम्पनीमा बढीमा आफ्नो पूँजी बजार अथवा १ बराबर १ को अनुपातसम्म मात्र हकप्रद निष्कासन गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, मुख्य कम्पनीले आफ्नो आयोजनाको विद्युत्को व्यापारिक उत्पादन सुरु गरेको हुनुपर्ने नयाँ व्यवस्था निर्देशिकामा छ । मुख्य कम्पनीले सहायक कम्पनीको चुक्ता पूँजीको ५१ प्रतिशत वा सोभन्दा बढी अंश ग्रहण गरेको हुनुपर्नेछ ।

आयोजनाको विद्युत् खरिदविक्री सम्झौता सम्पन्न भएको, आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको र आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भएको हुनुपर्नेछ । त्यस्तै मुख्य जलविद्युत् कम्पनी नेपालको स्टक एक्सचेन्जमा सूचीकृत भएको कम्पनी हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

साधारण सेयर निष्कासन गरिसकेको हाइड्रोपावर कम्पनीले विविध कारणले आयोजनाको निर्माण सम्पन्न हुन नसकेको अवस्थामा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्ने प्रयोजनका लागि हकप्रद सेयर निष्कासन गर्न सक्ने व्यवस्थासमेत निर्देशिकामा छ ।

तर यसका लागि आयोजना निर्माणको लागत काबुबाहिरको परिस्थितिका कारणले बढ्न गएको अवस्था हुनुपर्नेछ । आयोगले काबुबाहिरको स्थिति भनेर दैवी प्रकोप वा प्राकृतिक विपत्ति, कुनै महामारी रोग फैलिएको अवस्था र लडाइँ, द्वन्द्व, नाकाबन्दीजस्ता कारणले विध्वशात्मक कार्यको कारण निर्माण सम्पन्न हुन नसकेको हुनुपर्नेछ ।

निर्माणलागत बढ्न गएमा स्वलगानीको भागमा हुन आउने रकमका लागि हकप्रद सेयर निष्कासन गर्न सक्नेछ । काबुबाहिरको कारणले निर्माण सम्पन्न हुन नसकेको अवस्थामा हकप्रद निष्कासन गर्दा आयोजनाको भौतिक प्रगति कम्तीमा ८० प्रतिशत भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३१

  काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत...

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १ करोड ४८ लाख दाबी भुक्तानी

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२८

  काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भैरहवा शाखाले...

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित नयाँ परियोजना

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२५

  काठमाडौं, नेपाल — नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने...

आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था थप मजबुत, बीमा व्यवसाय विस्तारसँगै आम्दानी र जीवन बीमा कोषमा उल्लेखनीय वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था थप मजबुत,...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:२५

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक...