CG Electronics
IME Life
NIMB

सिभिल लघुवित्तको नाफा २८२ दशमलव ८२ प्रतिशतले बढ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमास अर्थात् तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८२ दशमलव ८२ प्रतिशतले खुद नाफा बढाएको छ । विवरणअनुसार लघुवित्तले असोज मसान्तसम्ममा एक करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२० दशमलव ३८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २४३ दशमलव ६५ प्रतिशत बढेको छ । लघुवित्तले सो अवधिसम्ममा २७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ७२ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब चार करोड ६८ लाख रुपैयाँ सापटी परिचालन गरी तीन अर्ब १५ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले पाँच करोड २१ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी र दुई करोड १९ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी सात दशमलव ६१ प्रतिशत बढेको छ भने जगेडा कोष २५६ दशमलव ६९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी समीक्षा अवधिमा १३१ दशमलव ८१ प्रतिशत बढेको छ भने निक्षेप ६७ दशमलव ०५ प्रतिशत र कर्जा १०६ दशमलव ९३ प्रतिशत बढेको छ।

चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार रुपैयाँ छ । नाफा बढेसँगै लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी पनि १८ दशमलव ५० रुपैयाँले बढेर २५ दशमलव ७३ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा अनुपात घटेर एक दशमलव ८८ प्रतिशतमा झर्दा प्रतिसेयर नेटवर्थ १५३ दशमलव २० रुपैयाँ, कोषको लागत छ दशमलव २६ प्रतिशत र मूल्य आम्दानी अनुपात ५२ दशमलव १२ गुणा छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...