CG Electronics
IME Life
NIMB

सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले १० लाख रुपैयाँ बराबरको घातक रोग विरुद्धको दावी भुक्तानी गरेको हो ।

इस्मा गाउँपालिका वडा नं। ४ गुल्मीका बीमित मधु खत्रीलाई कम्पनीले सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । खत्रीले १० लाख रुपैयाँ बीमाङ्कको बीमालेख लिएको १ बर्ष बिते लगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरु को रक्षावरण हुने गरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा निज खत्रीले बीमाशूल्क रकममा थप १ हजार ६९० रुपैयाँ भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोग बापतको बीमाङ्क रकम १० लाख रुपैयाँ खत्रीलाई हस्तान्तरण गरेको हो ।

उक्त दावी पश्चात पनि खत्रीको पोलिसीमा घातक रोग बाहेकको सम्पूर्ण सुविधा यथावत रहि नरन्तर रहने कम्पनीले जनाएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल, दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा बीमित मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

घातक रोग विरुद्धको यस सुविधा बापत प्राप्त उक्त रकमले खत्रीको उपचारमा सहयोग पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृत खड्काले जानकारी दिए ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...