CG Electronics
IME Life
NIMB

खल्तीले आफ्नो ५ औं बार्षिकोत्सब मनाए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

 

 

काठमाडौं । २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘’खल्ती’’ले आज आफ्नो ५ औं बार्षिकोत्सब मनाएको छ। हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ।

कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो। ’खल्ती’ ले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ। तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा ’खल्ती’ मात्र ५ बर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ ।

युवाहरु माझ बढी प्रचलित ‘’खल्ती’’नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरु ले नै भरिएको मार्केटिंग टिम भएको ’खल्ती’ को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ। आफ्नो बार्षिकोत्सबमा रमाइलो भिडियो सार्वजनिक गरि यसलाई फेरी पनि सावित गर्न सफल भएको छ।

 

 

 

यसै अवसरमा ’खल्ती’का प्रमुख कार्यकारी अधिकृत, बिनय खड्का, भन्छन् :-

आगामी दिनहरूमा हरेक उमेर समुहलाई ’खल्ती’ प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ ’खल्ती’लाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधाहरू लिएर आउने हाम्रो लक्ष्य छ। प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ’खल्ती’सँग यो यात्रामा आवद्द हुनुभएका सबैलाई ’खल्ती’ टिमको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद दिनु भयाे ।

साथै आजको दिन सम्मको सुनौलो यात्रा सम्झिदै ’खल्ती’का चार संस्थापक तथा डाइरेक्टरहरुले भने : –

अमित अग्रवाल : हामी हरेक प्रयोगकर्ताको समस्या र आवश्यक्ता सुनी सो अनुसारको को सहज सुविधा ल्याउन प्रयत्नरत छौँ। यसको लागि विभिन्न सेवा, सुविधा तथा आकर्षक अफरहरु समय अनुसार विस्तार गर्दै डिजिटल नेपालको सपना सार्थक गर्न लागिपरेका छौँ। र हरेक दिन, हिजो भन्दा आज र आज भन्दा भोलि अझ राम्रो हुँदै जानेछौं।

मनिष मोदी : डिजिटल नेपालको सपना र सबै नेपालीमाझ पुग्ने भिजनका साथ सुरु गरेको ’खल्ती’लाई आजको दिन यो स्थानमा पुर्याउन सदैव साथ दिने मेरो टिम, परिवार, साथीहरू, प्रयोगकर्ताहरू, एजेन्टहरू, बैंकहरू, व्यापारीहरू,आवेदकहरू तथा शुभचिन्तकहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि यहि साथ, सहयोग र उत्साहजनक सहभागिता र साथको आशा ’खल्ती’ टिमले राखेका छौं।

अरविन्द साह : खल्तीले नेपालको डिजिटल इकोसिस्टममा एउटा क्यटालिस्टको रुपमा सुरुवाती तरंग ल्याउन सकेकोमा सम्पूर्ण खल्ती टिम र प्रत्यक्ष–अप्रत्यक्ष संलग्न महानुभावहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै छैटो वर्ष भित्र कमसेकम ५० लाख नेपालीहरुको साझा र विश्वश्नीय सेवा प्रदायकको रुपमा स्थापित गराउने लक्ष्यमा साथ र सहयोगको अपेक्षा राखेकोछु

ध्रुब अधिकारी : आधा दशक देखि निरन्तर सरल, सुलभ र सुरक्षित भुक्तानीको सहि प्रत्याभुति प्रदान गर्न अनवरत लागिरहेको खल्तीलाई अबको दिनमा अझै पृथकीकरण गर्दै लैजाने दायित्व बढेको छ । त्यसैले प्रारम्भिक भुक्तानी प्रदायकको सतहबाट माथि उठेर भोलिको बजारलाई नै निर्देशित गर्ने गरि काम गर्ने जिम्मेवारीवोध गर्दै कार्य अगाडि बढाउने प्रयासमा हामी अझै उत्प्रेरित रहने छौ भन्ने कुरामा हाम्रो प्रतिवद्दता रहनेछ । प्रविधिको आक्रामक सुधार र स्त्तरोन्नतिलाई पनि हामीले हाम्रो आगामी कार्यदिशामा राखिसकेका छौ । खल्ती भुक्तानी प्रदायक मात्र नभएर जिवनशैली नै बन्नेछ । ”

हाल २३०+ संख्यामा रहेको ’खल्ती’ परिवारले आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना प्रयोगकर्ताहरूमाझ समर्पित गर्दै ५औं बार्षिकोत्सब को अवसरमा ’खल्ती’ ले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘रिफर एण्ड अर्न’ को धमाकेदार अफर पनि ल्याएको छ।

 

 

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...