CG Electronics
IME Life
NIMB

एनआईसी एसिया लघुवित्तमा आबद्ध सेवाग्राही सदस्यका  एसईईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

कामठाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई देशव्यापी रुपमै पुरस्कृत गरेको छ ।

संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परिक्षामा सहभागी भई उतरिर्ण गरेका सदस्यका छोराछोरीको देशव्यापी विवरण संकलन गरेर न्यून्तम ३ जिपिए वा सो भन्दा बढी अंक ल्याउने सेवाग्राही सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको हो ।
संस्थाले पुरस्कार वितरणका लागि आन्तरिक मापदण्ड बनाई २८५ वटै शाखा कार्यालयहरुबाट विवरण संकलन गरीएको थियो । त्यसको आधारमा शाखागत रुपमा बढि जिपिए अंक ल्याई प्रथम, द्धितीय र तृतीय हुनेलाई र संकलित विवरणकै आधारमा देशव्यापी रुपमा पुनः प्रथम, द्धितीय र तृतीय हुनेलाई थप पुरस्कार रकम वितरण गरेको छ ।

त्यसै अनुरुप शाखा कार्यालय गोकुलेशवर, डडेल्धुराकी सेवाग्राही सदस्य मानमति वोडको छोरा सन्तोष वोडले संस्थालाई विभिन्न शाखा कार्यालयहरुबाट प्राप्त विवरणको आधारमा देशव्यापी ३.७५ ल्याई प्रथम भएकोले एक कार्यक्रमको आयोजना गरी प्रथम पुरस्कार स्वरुप नगद १७,५०० वितरण गरेको हो ।

त्यस्तै संस्थाले डडेल्धुराकै शाखा कार्यालयहरु भद्रपुरज्यामेरु, बैतडीको पाटन र मारोङ्गको इटहरामा पनि शाखागत उत्कृष्ट ल्याउने विधार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । यसरी संस्थाले देशभरी नै एकै साथ कार्यक्रम आयोजना गरि छनोटमा पर्न सफल विभिन्न शाखा कार्यालका सेवाग्राही सदस्यका छोराछोरीहरुलाई पुरस्कार वितरण गरेको हो ।

शाखा कार्यालय गोकुलेशवर, डडेल्धुरा शाखा प्रमुख दिपक राज भट्टले दिगो विकासको लक्ष्य २०१६ देखि २०३० मा पर्ने गुणस्तरीय शिक्षाको लक्ष्यलाई प्रष्ट पार्दै एनआईसी एशिया लघुवित्तले प्रत्यक्ष रुपमा सो लक्ष्य प्राप्तीका लागि काम गरिरहेको र संस्थमा आबद्ध सेवाग्राही सदस्यका छोराछोरीले यसरी प्रगती गर्दा संस्थाले लगानी गरेका कर्जाले समेत गुणस्तरीय शिक्षा हाँसिल गर्न सहयोग गरेको प्रमाण प्रष्ट देखिएको बताएका छन् ।

स्वच्छ प्रतिस्प्रर्धा सँगै गुणस्तरीय सेवा प्रदान गरेकाले नै संस्थामा आबद्ध सदस्यका छोराछोरीले राम्रो शिक्षा पाएको प्रष्ट्याउदै वितरण गरिएको नगद राशीले समेत अगामी दिनमा गुणस्तरी शिक्षा हासिल गर्न सहयोग मिल्ने बताए । त्यस्तै, वितरण कार्यक्रममा सहभागीहरुले संस्थाले उदाहरणीय कार्य गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...