IME Life
NIMB

यो वर्ष भ्यालेन्टाइन डे को लागि १ करोड रुपैयाँ बढीको २ लाख गुलाफ फूल नेपाल भित्रियो

NIMB
Himalayan Bank

यो वर्ष भ्यालेन्टाइन डे को लागि १ करोड रुपैयाँ बढीको २ लाख गुलाफ फूल आयात हुने भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष करिब २ लाख ३० हजार गुलाफको फूल आयात हुने क्रममा रहेको छ ।

प्रेमको प्रतिक मानिने गुलाफ अन्य समयभन्दा भ्यालेन्टाइन डे को लागि विशेष मानिन्छ । नेपाली बजारमा विक्री हुने २ लाख बढी स्टिम गुलाफ मध्ये भारतबाट ९० प्रतिशत आयात गरिन्छ भने नेपालमा जम्मा १० प्रतिशत गुलाफ उत्पादन हुने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

आयातित गुलाफ मध्ये ६० प्रतिशत उपत्यकामा र बाँकी ४० प्रतिशत उपत्यका बाहिर खपत हुने एसोसिएसनको भनाइ छ । गत वर्ष १ लाख ८० हजार स्टिम गुलाफको कारोबार भएको एसोसिएशनले बताए पनि गत वर्षको तुलनामा यो वर्ष गुलाफको माग बढ्ने अनुमान गरिएको छ ।

यो वर्ष गुणस्तर हेरेर प्रति पिस गुलाफको (खुद्रा)मूल्य ८० देखि १०० रुपैयाँसम्म पर्ने तामाङ्को भनाइ छ । हप्ता दिन सम्म मनाइने भ्यालेनटाइन डे आजबाट सुुरु भएता पनि मुख्यगरी फ्रेबुअरी १४ लाई विशेष दिन मानिन्छ । आजको लागि मागको २५ प्रतिशत मात्र गुलाफ आयात भएको बताइएको छ । भ्यालेन्टाइन डे मा विशेष त रातो गुलाफ मन पराइन्छ ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...