IME Life
NIMB

प्रिमियर इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न,१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी ९नेपाल० लिको २८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सो साधारणसभाले १४।२५ प्रतिशत बोनस र ०।७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

काठमाण्डौं नक्साल स्थित कम्पनीको केन्द्रिय कार्यालय, प्रिमियर भवनको सभा कक्षबाट शुक्रबार भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सूरेश लाल श्रेष्ठले आ।व।२०७७र०७८ को वार्षिक प्रतिवेदन साधारण सभामा पेश गरेका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०७७र०७८ मा कूल बीमा शूल्क बापथ १ अव ९० करोड ३६ लाख ११ हजार आजर्न गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कम्पनीले ३४ करोड ७९ लाख१४ हजार खूद मूनाफा आर्जन गरेको छ । कम्पनीले कुल चुक्ता पुँजिको १४।२५ प्रतिशत बोनस शेयर र ०।७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी ९नेपाल० लिमिटेडको स्थापना वैशाख २९, २०५१ सालमा भएको हो। स्थापना कालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यावसायिकताका कारण कम्पनीले ग्राहकको सन्तुष्टि जित्न सफल हुनुका साथै स्थानीय र अन्तराष्ट्रिय बीमा क्षेत्रमा प्रतिष्ठा हासिल गर्न सफल भएको छ। यस कम्पनीको संस्थापकहरुको दृढ विश्वास र संकल्पबाट नै बीमा र पुर्नबीमा कारोबारमा सफलता प्राप्त गर्न सकेको हो।

मुलुककै प्रतिष्ठित उद्यमी र व्यापारीहरुद्घारा प्रबर्तित प्रिमियर इन्स्यारेन्सको विकासमा सञ्चालकहरुको अनुभव, उद्ममशीलताको प्रतिभा र कुशल नेतृत्वको अहम भूमिका रहेको छ। दक्ष जनशक्ति प्रिमियरको सबैभन्दा ठूलो ताकत हो। बीमा व्यवसायमा मानव संसाधनको महत्वपूर्ण भूमिका रहेको हुन्छ। त्यही अनुसार कर्मचारीहरुले पनि यस जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेका छन्। कम्पनीले मुलुकभरीको जनताको पहुँच बढाउन हामीले वीरगंज, विराटनगर, पोखरा, नारायणगढ, बुटवल, झापा र जनकपुर गरी सात क्षेत्रमा शाखा कार्यालय तथा देशको अन्य भागमा पनि नयाँ कार्यालयहरुको स्थापना गरी बजार बिस्तार गर्दैछ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...