सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्सुरेन्सद्वारा समता स्कूललाई सहयोग
Wednesday Feb 09, 2022
वि.सं.२०७८ माघ २६ बुधवार ०९:५३
नेको इन्सुरेन्स लिमिटेडले समाज प्रतिको आफ्नाे उत्तरदायित्व महसुस गर्दै सामाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै क्रममा आज कम्पनीका अध्यक्ष श्री रोहित कुमार भटृराईले समता शैक्षिक गुठीका निर्देशक श्री दीपक सन्जेललाई रु.५,००,०००। को चेक हस्तान्तरण गर्नुभयो ।
समता स्कूलले देशका ७७ वटै जिल्लामा मासिक रु.१००। शुल्कमा नर्सरी देखि स्नातकोत्तर तहसम्मको शिक्षा अंग्रेजी माध्यमबाट प्रदान गर्दै आएको छ ।
सहयोग हस्तान्तरण समारोहमा समताका निर्देशक श्री दीपक सन्जेलले नेको इन्सुरेन्सले आर्र्थिक कमजोर भएका वर्गका वालवालिकाहरुलाई शिक्षा प्रदान गर्ने महान कार्यमा सहयोग गरेकोमा कम्पनीको प्रशंसा गर्दै कृतज्ञता ब्यक्त गर्नुभयो ।
कम्पनीका अध्यक्ष श्री रोहित कुमार भटृराईले नेको इन्सुरेन्स आफ्नाे ब्यवसाय बृद्धिको साथै समाज प्रतिको आफ्नाे दायित्व निर्वाह गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।























