CG Electronics
IME Life
NIMB

प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीको चेतावनी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एकहप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो ।

अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । उनले भने,‘प्रधानन्यायाधीशविरुद्धको आन्दोलन तत्काल फिर्ता लिइयोस्, एक हप्ताभित्र फिर्ता नलिए देशव्यापी आन्दोलनमा जानेछौं ।’ विचौलियाहरुको स्वार्थले सेटिङ पुरा नभएर बारमार्फत् आन्दोलन गरिएको आरोप लगाए ।

यायालयको न्याय सम्पादन हुन लागको बेलामा पुनः कार्यपालिकाले स्वतन्त्र न्यायपालिकाप्रति नांगो हस्तक्षेप गरेको तर्क गरे । स्वतन्त्र न्यायपालिकाको चिरहरण गरेको दिन ‘कालो दिन’को दिन रुपमा फागुन १ गते मनाउने पनि उनले जानकारी दिए ।
नेपाल बारले गर्दै आएको आन्दोलन र सर्वोच्चभित्रै गर्दै आएको आन्दोलनले न्यायालयलाई बन्धक बनाएको अवस्थामा न्यायालयलाई स्वतन्त्र हिसाबले सञ्चालन गर्न स्वतन्त्र कानुन व्यवसायी समाजको स्थापना गरेको सुनाए ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपालको न्याय क्षेत्रलाई ध्वस्त बनाउने गरी भएका गतिविधिले अराजक स्थिति निम्त्याएको बताए । उनले न्याय क्षेत्रलाई बलात्कार गरिएको टिप्पणी गरे । जनताको न्यायको आशाको केन्द्र भएको न्यायालयलाई विचौलीयाले क्रिडाक्षेत्र बनाएको आरोप चन्दले लगाए । महाभियोग आफैमा गलत भएको र त्यसले सर्वोच्च अदालतको गरिमामा क्षति पुर्याउने बताए । चन्दले भने,‘महाभियोगको पुर्व योजना के थियो ? ल्याउनुपर्ने कारण के थियो ? १९ जना वकिलहरुले किन मुद्दा नहेरेको अवस्थामा महाअभियोग किन ल्याउन सकेनन् ?’
एक जनामात्र बृहस्पतीको रुपमा रहेका चोलेन्द्र शमशेर जबरालाई बलीको बोको बनाइएको तर्क गरे । महाभियोग लगाएर न्याय क्षेत्रलाई तर्साउन खोजेको टिप्पणी गरे ।

वरिष्ठ अधिवक्ता डा.पृथ्वीनारायण राईले जबराविरुद्ध महाभियोग दर्ता भएको दिन फागुन १ गतेलाई कालो दिन घोषणा गर्ने बताए । न्याय क्षेत्रमा भइरहेको भ्रष्टाचारको स्वरुप परिवर्तन गरिएको टिप्पणी गरे । उनले न्यायापालिकामा भ्रष्टाचारको विरुद्धमा कथित आन्दोलन भएको तर्क गर्दै भने,‘ बारको गतिविधिको स्वरुपलाई बुझेर जनता अगाडि बढ्न थालेपछि आलोचना सहन नसकेर ४÷५ जना सिमित भएको अवस्थालाई फेरी ब्युँताएर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको छ ।

देउवा सरकार कानुन त गठन नभएको भन्दै प्रधानन्यायाधीशको आदेशले गठित भएको सरकारले उनलाई नै महाभियोग लगाउन नहुने तर्क गरे । उनले भने,‘यो सरकारले जति पनि ढाटछल गरेको छ त्यो सबै उदांगिन थालेपछि गरिएको प्रपञ्च हो यो ।’ उनले जताततै भ्रष्टाचार हुँदा अन्तिम निर्णायक भनेको सर्वोच्च अदालत भएको भन्दै उनले न्यायलयभित्र कार्यपालिकाले नांगो हस्तक्षेप गरेको आरोप लगाए । न्यायालयमा भ्रष्टाचार हुने यो अदालतको बारेमा जनताहरुले बुझ्न लागेको बेला नेताहरु डराएर यस्तो कदम चालेको उनको भनाई थियो । विश्वका सबै जनताले विश्वास गरेको न्यायपालिका आस्थाको धरोहरलाई भ्रष्टाचारको आरोप लगाएर बन्धक बनाएको उनले आरोप लगाए ।

जबराविरुद्ध महाभियोग दर्ता गर्नेहरुलाई राईले नाइके, घटिया, विचौलियाको संज्ञा दिँदै भने,‘कानुन व्यवसायीको रुपमा उत्पन्न भएका छौडाहरुले यो देशको न्यायापालिकालाई दबाइरहेका छन् ।’ नेताहरुले देशलाई गलत दिशातर्फ लादै गरेको बेला जनताले भण्डारफोर गर्ने डरले डराएर यस्तो कदम चालेको उनको भनाई थियो । कालोकोटे वरिष्ठ अधिवक्ताहरु नै आज समस्याको जड भएको उनले जिकिर गरे । कालोकोटेहरुले आफ्नो अनुकुल दफा–उपदफाको व्याख्या गर्ने गरेको पनि आरोप लगाए । ४८ अर्बको एनसल काण्ड जस्ता धेरै काण्डलाई लुकाउनलाई जबरामाथि महाभियोग लगाइएको उनको भनाई थियो ।

‘आर्थिक लाभको कारण उपल्लो निकायका सबै राजनेताहरु नै न्यायलयमाथि खनिए । एमसीसी त्यसै पारित गर्न हुँदैन, केही बुँदा संशोधन गर्नुपर्छ,’ उनले भने । छिमेकी राष्ट्र नेपालको चीनसँग कूटनीतिक सम्बन्ध रहेको भन्दै भारतले नेपालको लिपुलेक र लिपियाधुरा मिचेको समेत उनले उल्लेख गरे । एउटा निर्दोष व्यक्तिलाई दण्डित गर्न नहुने उनले तर्क गरे । सत्तागठबन्धनले एमसीसीको बारेमा कुठाराघात गरेर चुनाव भाड्न लागेको आरोप लगाए ।

कार्यक्रमको अध्यक्षता गर्दै अधिवक्ता एंव कानुन व्यवसायी आकृति रायमाझीले नेपाल बारले लगाएको सिण्डीकेट भत्काउन स्वतन्त्र नागरिकको स्थापना गरेको बताइन् । रायमाझीले परमादेशले ल्याएको सरकारले जबराविरुद्ध महाभियोग ल्याएको भन्दै आपक्ति जनाइन् । उनले भनिन्,‘परमादेशले गठन भएको सरकारले के को आधारमा जबराविरुद्ध महाभियोग ल्याएको हो । कत्तिको कानुन सम्मत छ त्यसमा पनि ध्यान दिन जरुरी छ ।

सत्तापक्षले सांसदहरुलाई केही नबताई खुरुखुरु हस्ताक्षर गर्न लगाएको समेत उनले आरोप लगाइन् । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत १४ जना सांसदको फैसलाको सुुनुवाई हुने दिनमा सांसदहरुलाई बोलाएर महाभियोग दर्ता गराएको उनले जिकिर गरिन् । हरिकृष्ण कार्कीको प्रतिवदनका आधारमा महाभियोगको लगाइएको हो भने कार्कीले तोकेका विचौलिया, दलाल, वकिलहरुमाथि पनि महाभियोग लगाउन पर्नेमा जोड दिइन् ।

रायमाझीले कानुन त अभियोग पुष्टि भएमा मात्र महाभियोग लगाउन पाउने र राजनीतिक प्रक्रियाले मात्र हो भने महाभियोग प्रस्तावलाई अघि सारेमा न्याय क्षेत्रको स्वतन्त्रता गुम्ने उनले बताइन् ।

आफ्नो सरकार जोगाउन सबै सिस्टम भत्काउन शेरशबहादुर देउवाको सरकार लागि परेको उनले आरोप लगाइन् । उनले भनिन्,‘देश र जनताको लागि जबराविरुद्ध महाभियोग लगाइएको हो भने सबैभन्दा पहिला प्रधानमन्त्री शेरबहादुर देउवालाई लगाउनु पर्छ ।’उनले अर्को हप्तादेखि सशक्त आन्दोलन गर्ने पनि बताइन् ।

यसैगरी, होम बहादुर कार्की ‘विश्वभक्त बाबा’ले कार्यक्रममा बोल्दै देशको काँचुली फेर्ने दिन अब आएको बताए । उनले नागरिक समाजलाई न्यायालयको न्यायको निम्ती हजारौ भक्तहरु पछाडी रहेको भन्दै अगाडि बढ्न र लड्न सुझाव दिए । चोेलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग एक हप्ता भित्र फिर्ता नलिए सरकारको कुर्सीमा बस्ने अधिकार नभएको समेत जिकिर गरे । उनले कानुन व्यवसायीहरु पनि जनआन्दोलनमा सहिद भएको स्मरण गर्न आग्रह गर्दै सरकारले जबराविरुद्धको महाभियोग मुद्दा फिर्ता लिन पर्नेमा जोड दिए ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...