CG Electronics
IME Life
NIMB

उच्चस्तरीय समितिको बैठक बिहीबार बस्ने, महाधिवेशनका लागि तयारी तीव्र

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको प्रतिनिधि विवाद समाधान गरी दशौँ महाधिवेशन सम्पन्न गर्न गठित उच्चस्तरीय समितिको बैठक बिहीबार बस्ने भएको छ ।

बैठकमा समितिका सदस्यद्वय देवमान हिराचन तथा भवन भट्टले जापान विवाद समाधान गर्न दिएको निर्देशन, केन्द्रीय उपाध्यक्ष सोनाम लामाले तयार गरेको सदस्यता छानबिन रिपोर्ट तथा केन्द्रीय सचिवालयले तयार गरेको विवादित राष्ट्रिय समन्वय परिषद ९एनसीसी० हरुले पठाएका डेलिगेट्स सूची सम्बन्धी रिपोर्ट प्रस्तुत हुने समितिका एक जना सदस्यले बताए ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद ९आइसीसी० को ८१ औं बैठकले संघको दशौँ महाधिवेशन सम्पन्न गर्न गत १५ जनवरीमा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । समितिको सदस्यमा संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, संरक्षक रामप्रताप थापा र कामचलाउ अध्यक्ष कुमार पन्त रहेका छन ।

त्यस यता समितिले विज्ञहरुको उपसमिति गठन गर्नुका साथै विवादित राष्ट्रिय समन्वय परिषद ९एनसीसी० हरुलाई पत्राचार गरी सहमतिको आधारमा सूची पठाउन भनेको थियो । त्यस्तै एमआइएस प्रणालीको दुरुपयोग गरी जापानमा गराइएको निर्वाचनलाई खारेज गरी पुनस् निर्वाचन गराउने निर्णय पनि समितिले गरेको छ ।

गत वर्ष रसिया, न्युजिल्याण्ड लगायतका मुलुकमा राष्ट्रिय अधिवेशन भैसके पछि पनि नयाँ सदस्यहरु बनाइ थप डेलिगेट्सहरुको नाम पठाएको बारे उपाध्यक्ष सोनाम लामा नेतृत्वको समितिले छानबिन गरेको थियो । उक्त समितिले सदस्यहरु बनाउंदा व्यापक अनियमितता गरिएको फेला पारेको बताइएको छ।

यसै बीच एनआरएनए जापानको निर्वाचनमा भएको धाँधलीबारे जाँचबुझ गरी समस्या समाधान गर्न गठित समितिले जुलाई ३०, २०२१ को निर्वाचनबाट आएको कार्य समितिलाई रद्द गरेको छ।

समितिले निर्वाचनमा धाँधली भएको पुष्टि गर्दै त्यसरी आएको कार्य समितिलाई रद्द गरेको हो। त्यसैगरी समितिले अनिता गुरुङ समूहको कार्य समितिलाई पनि विघटन गर्दै उच्चस्तरीय समितिले जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको छ।

जापान विवाद मिलाउन र समस्या सुल्झाउन शेष घलेको नेतृत्वमा गठित उच्चस्तरीय समितिले समितिका सदस्य एवं पूर्व अध्यक्षहरु देवमान हिराचन तथा भवन भट्टलाई अधिकार प्रत्यायोजन गरेको थियो।

पूर्व अध्यक्षहरु हिराचन तथा भट्ट दुवै जापानमा बसोबास गर्दछन्।
“एनसीसी जापानको वर्तमान कार्य समितिलाई रद्द गरि नयाँ तदर्थ समिति बनाउने निर्णयप्रति मेरो पूर्ण सहमति छ। हामीले छानबिन समितिको रिपोर्टक साथै सबै पक्षसंग छलफल गरी उच्चस्तरीय समितिले हामीलाई दिएको म्यान्डेट भित्रै रहेर यस्तो निर्णय गरेका हौँ,ू पूर्व अध्यक्ष भवन भट्टले भने।

समितिले अध्ययन र अनुसन्धानपछि मंगलबारबाट लागू हुनेगरी गुरुङ र शिव पौडेलको समूहलाई विघटन गर्दै नयाँ प्रक्रियामा जान निर्देशन दिएको हो।

तर जापानमा गरिएको धांधली सार्वजनिक भएको र जापानमा जस्तै एमआइएस प्रणालीको दुरुपयोग गरी संघको केन्द्रीय चुनावमा पनि धांधली गर्न योजनारत समूहले अध्यक्ष पन्तलाई उच्चस्तरीय समितिको निर्णय अवज्ञा गर्न दबाब दिइरहेको बुझीएको छ।
जापान निर्वाचनमा भएको धाँधली र इमेल ह्याक प्रकरणको मुद्दा अहिले प्रहरीमा पुगेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उक्त मुद्दाको अनुसन्धान जारी राखेको छ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...