CG Electronics
IME Life
NIMB

टाटा मोटर्स नयाँ शोरूम बनेपामा उद्घाटन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा।लि। ले यही महिनादेखि सेवा पु¥याउने योजनासहित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट विस्तार गरेको हो । बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो छन् जसका सञ्चालक सेवक बुढाथोकी हुन्् । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । यो सँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ ।

“लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं । बनेपामा टाटा मोटर्स सिप्रदी को यो पहिलो सोरुम हो । यसले हाम्रो ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकी सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा हामी सकारात्मक छौं ।” नयाँ आउटलेट सञ्चालनसम्बन्धी सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख शावन्त जंग सिजापतीले भनेका छन्, ’हामीले अहिले मासिक रूपमा कम्पनीको वृद्धि भएको देखिरहेका छौं । यो नयाँ डिलरशीप र सम्झौता कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुङ्गा सावित हुनेमा हामी विश्वस्त छौं । बनेपा हाम्रोलागि प्रमुख बजार मात्र नभई यो हाम्रो विकास रणनितीको प्रमुख हिस्सा पनि हो ।’

त्यस्तै, लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले पनि बनेपाको नयाँ आउटलेटको विक्रेताको रुपमा लक्ष्मी अटो नियुक्त भएकोमा खुशी व्यक्त गरे । उनले भनेका छन्, ’बनेपामा सिप्रदी ट्रेडिङ्गका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा हामी निकै गर्व महशुस गरिरहेका छौं । आज बनेपा डिलरशिप सेल्स शोरुमको सफलतापूर्वक उद्घघाटन गरिएको छ । उद्घघाटनसँगै यस क्षेत्रबाट टाटा मोटर्सले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । टाटा मोटर्स सँगको सम्झौतासँगै हामी यसको बढ्दो माग, बिक्री एवम् यसको सेवाहरू उच्च मापदण्डहरूको पालनासहित पूरा गर्न चाहन्छौं ।

अब बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्स्चेंज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् । उपभोक्ताहरूले यहाँबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीको भनाई रहेको छ ।

बनेपाको नयाँ आउटलेटबाट बनेपालगायत वरिपरिका उपभोक्ताहरू लाभान्वित हुनेमा कम्पनी विश्वस्त छ । यसभन्दा अघि टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पु¥याइरहेको छ ।

 

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...