CG Electronics
IME Life
Ncell NPL

ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघ नेपालबीच सम्झौता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ ।

बैंक र महासंघबीच ग्यास विक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो ।

यस सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना भुक्तानी साझेदारहरु स्मार्ट चोइस टेक्नोलोजिज र फोनपेसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवर्धनका लागि ग्यास विक्रेता महासंघ नेपालसँग समन्वय गरेको हो ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघसंस्थासँग सम्झौता गर्दै आएको छ । महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२३

  इटहरी, नेपाल - ४ मे, २०२६- रमादाबाई विन्धम इटहरीले...

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२०

  हापुरे । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल...

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...