CG Electronics
IME Life
NIMB

नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको आयोजनामा हस्ताक्षर

NIMB
Himalayan Bank

 

काठमाडौं । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव श्री मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेको छ।

“हाम्रा मुख्य प्राथमिकताहरू दिगो र समावेशी वृद्धि हासिल गर्ने उद्देश्यद्वारा निर्देशित छन् जुन वित्तीय क्षेत्र विकास रणनीति ९२०७८ – २०८२० मा पनि प्रतिबिम्बित छ जसले कोभिड १९ र जलवायु परिवर्तनका उदीयमान जोखिमहरूको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणलाई मूल प्रवाहमा ल्याउन केन्द्रित रहेको छ । यस ‘वृद्धिका लागि वित्त’ आयोजनाले यी प्राथमिकताहरूमा योगदान पुयाउँछ”, अर्थ सचिव मधुकुमार मरासिनीले भने ।

उनले बिदेशी मुद्राको सचितीमा परेको चापलाई यो रकमले केही हदसम्म योगदान गर्नेसमेत जानकारी दिए । यो दोस्रो ‘वृद्धिका लागि वित्त’ आयोजनालाई विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १० चैत्र २०७८ मा अनुमोदन गरेको थियो । कोभिड १९ महामारीको परिप्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमहरूलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रको परिष्कृत पर्यवेक्षणलाई यस कार्यक्रमले सघाउनेछ ।

यसले पूँजी, बीमा, र प्रकोप जोखिम वित्तिय बजारहरू खोल्न र नवीनतम वित्तीय सेवाहरूलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ। यसले बाह्य व्यावसायिक उधारोमा पहुँच, वित्तीय डिजिटलीकरण र महिलाहरूको लागि वित्तीय साक्षरताको माध्यमबाट अर्थतन्त्रको तरलता र समावेशीता बढाउने पहलहरूलाई पनि सघाउनेछ । निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने वृद्धिलाई सहयोग पु¥याउने गरी वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न पनि यस परियोजनाले मद्दत गर्नेछ ।

यस आयोजनाले नेपालको हरित, उत्थानशील र समावेशी विकासलाई समर्थन गर्नुका साथै विभिन्न क्षेत्रमा जलवायु वित्तिय उत्थानशीलताका नीतिहरूलाई सघाउँदै नयाँ जलवायु एजेन्डाको पनि शुरूवात गर्नेछ ।
“नेपाल हरीत, पुनरूत्थानशील र समावेशी विकासलाई राष्ट्रिय रणनीतिक विकास दृष्टिकोणको रूपमा अनुमोदन गर्ने पहिलो देशहरूमध्येको एक हो ।”

मल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, “सबै वित्तीय बजारहरूमा विस्तारित जलवायु – उत्थानशीलता एजेन्डाको शुरूवात गर्नुका साथै रूपान्तरणकारी वित्तीय क्षेत्र सुधारका कार्यक्रमहरूलाई सघाउँदै, यो आयोजनाले उत्थानशील पुनर्लाभमा समर्थन गर्दै महामारीको प्रतिकूल प्रभावहरूलाई न्युनीकरण गर्ने सरकारको नीति तथा प्राथमिकताहरूमा थप योगदान पुयाउनेछ ।”

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा सविता ढकाल निर्वाचित

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा...

वि.सं.२०८३ असार १८ बिहीवार १२:३४

  काठमाडौं। डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत क्रियाशील लायन्स क्लब अफ...

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य...

वि.सं.२०८३ असार १८ बिहीवार १०:१३

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा...

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपालमा सार्वजनिक, ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०६

  काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ...

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य, भर्सन ४.५ जुलाई ९ मा सार्वजनिक हुने

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य,...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०३

  काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी...

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५९

  काठमाडौं । याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको...