nic bank
himalayan everesat
Nmb bank

सेयर बजारमा पहिरो जाँदा कुन-कुन कम्पनीको मूल्यमा आयो गिरावट ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । सोमबार ४८ अंकले घटेको नेप्से आज ३१ अंकले घटेको छ । दुई कारोबार दिनमै नेप्से झन्डै ८० अंकले घटेको छ ।

 

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम १६ करोडले घटेर सवा १ अर्बमा सीमित भएको छ ।

 

बुधबार नेप्से ३१.७० अंकले घटेर २२७५.६९ विन्दुमा आइपुगेको छ । यसदिन २३३ कम्पनीको १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँ बराबरको ३६ लाख २ हजार ८४८ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.३४ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, व्यापार र निर्जीवन बीमा समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज करोबारमा आएको २३३ कम्पनीमध्ये जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी साढे ३ करोड र नबिल बैंक सावा ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज ग्रीन भेन्चर्सका सेयरधनीले सबैभन्दा धेरै ९.३६ प्रतिशत गुमाएका छन् । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर ५.८२, युनियन हाइड्रोपावर ५.७७, सप्तकोशी विकास बैंक, नेशनल हाइड्रो, युनियन हाइड्रोपावर, बुद्धभूमि हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो, र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....