nic bank
himalayan everesat
Nmb bank

अखिल हाँकेका निरेशले कसरी जित्दैछन् नमोबुद्ध–११ को वडा अध्यक्ष ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank
(राजेन्द्र तामाङ संवाददाता)                                  काभ्रेको नमोबुद्ध नगरपालिकामा आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको लागि सत्तारुढ गठबन्धन दलले प्रमुख र उपप्रमुखमा साझा उम्मेदवार उठाएका छन् । नगरको प्रमुख र उपप्रमुखमा तालमेल गरेपनि वडाहरुमा भने हुन सकेन ।

काभ्रेको नमोबुद्ध नगरपालिकामा आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको लागि सत्तारुढ गठबन्धन दलले प्रमुख र उपप्रमुखमा साझा उम्मेदवार उठाएका छन् । नगरको प्रमुख र उपप्रमुखमा तालमेल गरेपनि वडाहरुमा भने हुन सकेन ।

यसैबिच नमोबुद्ध–११ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदको लागि निरेश लामाले उम्मेदवारी दिएका छन् । लामा अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेका उपाध्यक्ष समेत हुन् ।

सानैदेखि निडर र क्रान्तिकारी स्वभावको उनी वि.स. २०६७ सालदेखी सक्रिय राजनीति लागेका हो । वडाध्यक्षको उम्मेदवार लामा पार्टीको वडा कमिटी अध्यक्ष २० वर्षको उमेरमै भएका थिए । विद्यार्थी राजनीतिमा लामो समय सक्रिय रुपमा पार्टी संगठनको जिम्मेवारी निर्वाह गर्दै आएका उनले ०७२ को विनाशकारी भुकम्पमा समेत उद्धार तथा राहत वितरणको काममा अनवरत रुपमा खटिए । उक्त कार्यको प्रशंसा स्थानीयले अहिले पनि उत्तिकै मात्र गरिहेका छन् ।

उनी दुःख पीडामा परेकाहरुको सेवा गर्न पाउँदा हुरुक्कै हुन्छन् । उनको स्वाभव हेर्दा कडा जस्तो लागेपनि मन अन्त्यन्तै दयालु छ । यस्तै, उनी समाजमा आफ्नो छुट्टै पहिचाहन बनाएर अमिट छाप छोड्न सफल भइकेको छ ।

उनले समुदायको लागि धेरै योगदान पनि गरी सकेका छन् । वडा अध्यक्ष भएर काम गर्न पाए अझ वडाको अमुल परिवर्तनको लागि गर्नु पर्ने योजनाको उनीसँग लामो लिष्ट रहेको सुनाउँछन् ।

उनले सामान्य नागरिकको भुमिका रहेर पनि बिमिरेको खानेपानीको लागि विशेष भुमिका खेले । नगरपालिकाको कान्छो उम्मेदवारसमेत रहेका लामाले स्थानीय सरकारले बेवास्ता गरेको सडक निर्माणको लागि आफ्नै निजि लगानीमा १.५ किलोमिटर सडक बिस्तार गरिदिएको छ । यसकारण लामा समृद्ध नमोबुद्ध–११ को लागि योग्य उम्मेदवार हो भन्नेमा दुईमत छैन ।

यस्तो छ, लामाको प्रतिबद्धता
वडा अध्यक्षको उम्मेदवार लामाले आफु वडा अध्यक्षमा निर्वाचत भएको खण्डमा ५ वर्षको कार्यकालभित्र पुरा गर्ने योजनाहरु अघि सारेका छन् । यसैबिच उनले आफ्नो कार्यकालभित्र वडाबासीको लागि गर्ने विविध विषयमा प्रतिबद्धता समेत जनाएको छ ।

उम्मेदवार लामाले अघि सारेका तथा प्रतिवबद्धता गरेका योजनाहरुमध्ये ५ वर्षभित्र प्रत्येक बस्तीमा खानेपानीको सुबिधा पु¥याउने, स्थानीय स्वास्थ केन्द्रमा एम्बुलेन्स राख्ने, आफ्नो मौलिकता झल्काउने बस्तुहरुको निर्माण गरि मौलिक सस्कृतिक परम्पराको संग्रहलय बनाउने, कृषिमा विशेष रुपमा उत्पादनसँग जोडी वडाबासीलाई आत्मनिर्भर बनाउने रहेका छन् ।

त्यस्तै उनले आफ्नै वडाभित्र एउटा प्राविधिक शिक्षा सहितको उच्च माध्यमिक बिद्यालय खोल्ने, नमोबुद्धमा आएका पर्यटनहरुलाई ट्रेकिङ रुड भनाएर आफ्नो सिङो वडामा पर्यटन ब्यबसायको प्रबर्द्धन गर्ने, वडाका हरेक टोल वस्तीमा पक्की सडक निर्माणमा विशेष पहल गर्ने, वडामा सुबिधा सम्पन्न हस्पिटलको अवधारणा ल्याउने, पशुपालन कृषकहरुलाई बिशेष अनुदानको ब्यबस्था गरिने योजना अघि सारेको छ ।

उम्मेदवार लामाले बेरोजगार तथा विदेशिएका युवा शक्तिलाई स्थानीय तहमै आन्तरिक स्रोतको पहिचाहन गर्दै उत्पादनमा जोड दिई रोजगारी सिर्जना गर्ने, आम वडावासिहरुको अविभाबकको भुमिका निर्वाह गर्ने, गाउँ–गाउमा सहकारी घरघरमा भकारीको सिधाान्त लागू गर्ने, युवाहरूलाई खेलकुदमा विकास गरि राष्ट्रिय खेलाडी उत्पादनमा पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

उम्मेदवार लामाले आफुले जितेमा शासन नभई अग्रज, विज्ञ सबैसँग सहकार्य गरी वडाको समृद्धको लागि ५ वर्षभित्र पाँच वटा गुरु योजना बनाई केन्द्रिय बजेट पार्न जोड दिने बताए ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...