CG Electronics
IME Life
NIMB

अखिल हाँकेका निरेशले कसरी जित्दैछन् नमोबुद्ध–११ को वडा अध्यक्ष ?

NIMB
Himalayan Bank
(राजेन्द्र तामाङ संवाददाता)                                  काभ्रेको नमोबुद्ध नगरपालिकामा आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको लागि सत्तारुढ गठबन्धन दलले प्रमुख र उपप्रमुखमा साझा उम्मेदवार उठाएका छन् । नगरको प्रमुख र उपप्रमुखमा तालमेल गरेपनि वडाहरुमा भने हुन सकेन ।

काभ्रेको नमोबुद्ध नगरपालिकामा आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको लागि सत्तारुढ गठबन्धन दलले प्रमुख र उपप्रमुखमा साझा उम्मेदवार उठाएका छन् । नगरको प्रमुख र उपप्रमुखमा तालमेल गरेपनि वडाहरुमा भने हुन सकेन ।

यसैबिच नमोबुद्ध–११ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदको लागि निरेश लामाले उम्मेदवारी दिएका छन् । लामा अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेका उपाध्यक्ष समेत हुन् ।

सानैदेखि निडर र क्रान्तिकारी स्वभावको उनी वि.स. २०६७ सालदेखी सक्रिय राजनीति लागेका हो । वडाध्यक्षको उम्मेदवार लामा पार्टीको वडा कमिटी अध्यक्ष २० वर्षको उमेरमै भएका थिए । विद्यार्थी राजनीतिमा लामो समय सक्रिय रुपमा पार्टी संगठनको जिम्मेवारी निर्वाह गर्दै आएका उनले ०७२ को विनाशकारी भुकम्पमा समेत उद्धार तथा राहत वितरणको काममा अनवरत रुपमा खटिए । उक्त कार्यको प्रशंसा स्थानीयले अहिले पनि उत्तिकै मात्र गरिहेका छन् ।

उनी दुःख पीडामा परेकाहरुको सेवा गर्न पाउँदा हुरुक्कै हुन्छन् । उनको स्वाभव हेर्दा कडा जस्तो लागेपनि मन अन्त्यन्तै दयालु छ । यस्तै, उनी समाजमा आफ्नो छुट्टै पहिचाहन बनाएर अमिट छाप छोड्न सफल भइकेको छ ।

उनले समुदायको लागि धेरै योगदान पनि गरी सकेका छन् । वडा अध्यक्ष भएर काम गर्न पाए अझ वडाको अमुल परिवर्तनको लागि गर्नु पर्ने योजनाको उनीसँग लामो लिष्ट रहेको सुनाउँछन् ।

उनले सामान्य नागरिकको भुमिका रहेर पनि बिमिरेको खानेपानीको लागि विशेष भुमिका खेले । नगरपालिकाको कान्छो उम्मेदवारसमेत रहेका लामाले स्थानीय सरकारले बेवास्ता गरेको सडक निर्माणको लागि आफ्नै निजि लगानीमा १.५ किलोमिटर सडक बिस्तार गरिदिएको छ । यसकारण लामा समृद्ध नमोबुद्ध–११ को लागि योग्य उम्मेदवार हो भन्नेमा दुईमत छैन ।

यस्तो छ, लामाको प्रतिबद्धता
वडा अध्यक्षको उम्मेदवार लामाले आफु वडा अध्यक्षमा निर्वाचत भएको खण्डमा ५ वर्षको कार्यकालभित्र पुरा गर्ने योजनाहरु अघि सारेका छन् । यसैबिच उनले आफ्नो कार्यकालभित्र वडाबासीको लागि गर्ने विविध विषयमा प्रतिबद्धता समेत जनाएको छ ।

उम्मेदवार लामाले अघि सारेका तथा प्रतिवबद्धता गरेका योजनाहरुमध्ये ५ वर्षभित्र प्रत्येक बस्तीमा खानेपानीको सुबिधा पु¥याउने, स्थानीय स्वास्थ केन्द्रमा एम्बुलेन्स राख्ने, आफ्नो मौलिकता झल्काउने बस्तुहरुको निर्माण गरि मौलिक सस्कृतिक परम्पराको संग्रहलय बनाउने, कृषिमा विशेष रुपमा उत्पादनसँग जोडी वडाबासीलाई आत्मनिर्भर बनाउने रहेका छन् ।

त्यस्तै उनले आफ्नै वडाभित्र एउटा प्राविधिक शिक्षा सहितको उच्च माध्यमिक बिद्यालय खोल्ने, नमोबुद्धमा आएका पर्यटनहरुलाई ट्रेकिङ रुड भनाएर आफ्नो सिङो वडामा पर्यटन ब्यबसायको प्रबर्द्धन गर्ने, वडाका हरेक टोल वस्तीमा पक्की सडक निर्माणमा विशेष पहल गर्ने, वडामा सुबिधा सम्पन्न हस्पिटलको अवधारणा ल्याउने, पशुपालन कृषकहरुलाई बिशेष अनुदानको ब्यबस्था गरिने योजना अघि सारेको छ ।

उम्मेदवार लामाले बेरोजगार तथा विदेशिएका युवा शक्तिलाई स्थानीय तहमै आन्तरिक स्रोतको पहिचाहन गर्दै उत्पादनमा जोड दिई रोजगारी सिर्जना गर्ने, आम वडावासिहरुको अविभाबकको भुमिका निर्वाह गर्ने, गाउँ–गाउमा सहकारी घरघरमा भकारीको सिधाान्त लागू गर्ने, युवाहरूलाई खेलकुदमा विकास गरि राष्ट्रिय खेलाडी उत्पादनमा पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

उम्मेदवार लामाले आफुले जितेमा शासन नभई अग्रज, विज्ञ सबैसँग सहकार्य गरी वडाको समृद्धको लागि ५ वर्षभित्र पाँच वटा गुरु योजना बनाई केन्द्रिय बजेट पार्न जोड दिने बताए ।

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...